८ बैशाख २०८१, शनिबार | April 20, 2024

बाँकेमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत १० संक्रमितको १६ घण्टाका बीचमा मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका ५ जना र ५ जना अन्य जिल्लाका रहेका छन् ।

जिल्ला कोभिड व्यवस्थापन समितिले दिएको जानकारी अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु हुनेमा जेठ ९ गते भर्ना भएकी बैजनाथ ४ की ३८ वर्षिय महिला, बाँसगढी बदिैयाका ६५ वर्षिय पुरुष र घोराही दाङका ५१ वर्षिय पुरुष रहेका छन् । त्यसैगरि भेरी अस्पतालमा मृत्यु हुनेहरुमा तुलसिपुर दाङका ५६ वर्षिय पुरुष, कोहलपुर बाँकेका ४७ वर्षिय पुरुष, नेपालगन्ज १८ की ८५ वर्षिया महिला, तुलसिपुर दाङकी ४० वर्षिया महिला, बढैयाताल बर्दियाकी ६० वर्षिया महिला, कोहलपुर बाँकेका ७१ वर्षिय पुरुष र खजुरा ४ बाँकेकी ३२ वर्षिया महिला रहेका छन् ।

आज मृतक थपिएसँगै बांके जिल्ला भित्रका मृत्यु हुनेको संख्या २७९ पुगेको छ भने बाहिरी जिल्लाको मृत्यु हुनेको संख्या २५१ पुगेको छ । पछिल्लो २ दिन बाँकेबाट मृत्युको संख्या शुन्यमा झरेपनि आज ५ जनाको मृत्यु भएको हो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ८ : ४४ बजे

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच