२५ श्रावण २०८३, सोमबार | August 10, 2026

पश्चिमाञ्चल अस्पतालमा ओपिडी सेवा बन्द



काठमाडौं । पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूूलो सरकारी अस्पताल गण्डकी अस्पताल (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)को ओपिडी (बहिरङ्ग) सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको सो अस्पतालले एक सूचना जारी गरी सरकारले कोभिड–१९ का बिरामीको उपचार व्यवस्थापन गर्न निर्देशन दिएकाले सोहीबमोजिम जेठ ११ गते (आज) देखि लागू हुने गरी अस्पतालका सबै ओपिडी सेवा बन्द गरिएको जनाएको छ ।

सङ्घीय सरकारमातहत रहेको गण्डकी क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन गण्डकी प्रदेश सरकारले पनि केही दिनअघि सिफारिस गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही जेठ ९ गते अस्पताललाई पूर्णरूपमा कोभिड–१९ का सङ्क्रमितको उपचार व्यवस्था गर्न भनेकाले अस्पतालमा सञ्चालनमा रहेको कोभिड–१९ ओपिडीबाहेकका अन्य ओपिडी सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको निर्देशक प्रा डा भरतबहादुर खत्रीले जानकारी दिए ।

अस्पताल प्रशासनले यसबाट सर्वसाधारणमा पर्न जाने असुविधाप्रति दुःख व्यक्त गरेको छ । अस्पतालमा कोरोनाका बिरामीको उपचारका लागि ४२ आइसोलेशन शय्या, १७ आइसीयू शय्या, सातवटा भेन्टिलेटर र १६ वटा एचडीयू शय्या रहेकामा अधिकांश प्रयोगमा आएका छन् ।

सो अस्पतालमा प्रदेशका ११ वटै जिल्लाबाट गरी वर्षमा तीन लाख तथा दैनिक एक हजार हाराहारीमा सेवाग्राहीले बहिरङ्ग सेवा लिने गरेको अस्पतालले जनाएको छ । यसैगरी दैनिक २०० जनाले आकस्मिक स्वास्थ्य उपचार सेवा लिने गरेको बताइन्छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ९ : ०२ बजे

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : पूर्वअर्थमन्त्री कार्की १५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको