१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सभामुख सापकोटाले गरे पूर्वसभामुखहरुसँग छलफल



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गरेका छन्।

संसद भवनको ल्होत्से हलमा सभामुख सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गरेका हुन्। छलफलमा ३ जना पूर्व सभामुखहरु रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसरी घर्ती मगर सहभागी भएका छन् ।

सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनपछिको अवस्थाबारे पूर्वसभामुखहरुको राय लिएको बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा भंग गरेर चुनावको घोषणा गरेपछि सभामुख सापकोटाले त्यसलाई असंवैधानिक भन्दै विरोध गरेका थिए । सापकोटाले सरकार बन्ने अवस्था हुँदाहुँदै संसद भंग गरिएको जिकिर गरेका थिए ।

छलफलमा सबै पूर्वसभामुखहरुलाई बोलाइए पनि सुवास नेम्वाङ, दमननाथ ढुंगाना र तारानाथ रानाभाट भने अनुपस्थित भए ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ३ : १२ बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना