२४ मंसिर २०८२, बुधबार | December 11, 2025

सभामुख सापकोटाले गरे पूर्वसभामुखहरुसँग छलफल



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गरेका छन्।

संसद भवनको ल्होत्से हलमा सभामुख सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गरेका हुन्। छलफलमा ३ जना पूर्व सभामुखहरु रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसरी घर्ती मगर सहभागी भएका छन् ।

सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनपछिको अवस्थाबारे पूर्वसभामुखहरुको राय लिएको बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा भंग गरेर चुनावको घोषणा गरेपछि सभामुख सापकोटाले त्यसलाई असंवैधानिक भन्दै विरोध गरेका थिए । सापकोटाले सरकार बन्ने अवस्था हुँदाहुँदै संसद भंग गरिएको जिकिर गरेका थिए ।

छलफलमा सबै पूर्वसभामुखहरुलाई बोलाइए पनि सुवास नेम्वाङ, दमननाथ ढुंगाना र तारानाथ रानाभाट भने अनुपस्थित भए ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ३ : १२ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल