७ आश्विन २०८३, बुधबार | September 23, 2026

सभापति देउवाले बोलाए पदाधिकारी बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । भोलि बुधबार बिहान ९बजे आफ्नै निवास बुढानिलकण्ठमा बस्नेगरी देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र १४औं महाधिवेशनको तयारीबारे छलफल हुनेछ । कांग्रेस, माओवादी केन्द्र, एमाले नेपाल पक्ष, जसपा र राष्ट्रिय जनमोर्चासहितको पाँच दलीय गठबन्धनले बहुमत सांसदको हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्री बनाउन दाबी पेश गरेपनि राष्ट्रपतिले जेठ ७ गते अस्वीकार गरेकी थिइन । त्यसलगत्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद भंग गरेर नयाँ चुनावको मिति समेत तोकेकी छिन् । त्यसको विरुद्ध देउवाकै नेतृत्वमा पाँचै विपक्षी दलका १४६ सांसदहरुले सोमबार मात्रै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

यसबीचको समीक्षा र अब कसरी अघि बढ्ने भन्नेबारेमा पदाधिकारी बैठकमा छलफल हुनेछ । यसअघि बसेको पदाधिकारी बैठकले राष्ट्रपतिले चालेको कदमलाई अलोकतान्त्रिक र असंवैधानिक भन्दै त्यसको कानूनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ३ : २४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई