५ पुस २०८२, शनिबार | December 20, 2025

सभापति देउवाले बोलाए पदाधिकारी बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । भोलि बुधबार बिहान ९बजे आफ्नै निवास बुढानिलकण्ठमा बस्नेगरी देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र १४औं महाधिवेशनको तयारीबारे छलफल हुनेछ । कांग्रेस, माओवादी केन्द्र, एमाले नेपाल पक्ष, जसपा र राष्ट्रिय जनमोर्चासहितको पाँच दलीय गठबन्धनले बहुमत सांसदको हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्री बनाउन दाबी पेश गरेपनि राष्ट्रपतिले जेठ ७ गते अस्वीकार गरेकी थिइन । त्यसलगत्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद भंग गरेर नयाँ चुनावको मिति समेत तोकेकी छिन् । त्यसको विरुद्ध देउवाकै नेतृत्वमा पाँचै विपक्षी दलका १४६ सांसदहरुले सोमबार मात्रै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

यसबीचको समीक्षा र अब कसरी अघि बढ्ने भन्नेबारेमा पदाधिकारी बैठकमा छलफल हुनेछ । यसअघि बसेको पदाधिकारी बैठकले राष्ट्रपतिले चालेको कदमलाई अलोकतान्त्रिक र असंवैधानिक भन्दै त्यसको कानूनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ३ : २४ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ