२ पुस २०८२, बुधबार | December 17, 2025

अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्च पुगे कानून व्यवसायी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भन्दै कानून व्यवसायी मुद्दा दायर गर्न सर्वोच्च अदालत पुगेकाछन् ।

सर्वोच्च अदालतले फागुन ११ गते गरेको फैसलाको विपरित प्रधानमन्त्री ओलीले संसद विघटन गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अवहेलनाको मुद्दा लिएर गएका हुन् । सर्वोच्च प्रशासनले मुद्दा दर्ता भने गरेको छैन ।

त्रिपाठीले प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला विपरित बद्नियतपूर्ण ढंगले प्रतिनिधिसभालाई असफल बनाउन खोजेको, विश्वासको मत हासिल गर्न असफल भएपछि प्रतिशोधपूर्ण ढंगले प्रतिनिधिसभा विघटन गरेको जिकिर गरेका छन् ।

त्रिपाठीले प्रधानमन्त्री ओलीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराई न्याय प्रशासन ऐन, २०७३ को दफा १७(४) बमोजिम हदैसम्म सजाय माग गरेका छन् ।

प्रधानमन्त्री ओलीमाथि यसअघि पनि अदालत र कानूनव्यवसायीहरुको अवहेलना गरेको मुद्दा लागेको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ३ : ५४ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि