१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्च पुगे कानून व्यवसायी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भन्दै कानून व्यवसायी मुद्दा दायर गर्न सर्वोच्च अदालत पुगेकाछन् ।

सर्वोच्च अदालतले फागुन ११ गते गरेको फैसलाको विपरित प्रधानमन्त्री ओलीले संसद विघटन गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अवहेलनाको मुद्दा लिएर गएका हुन् । सर्वोच्च प्रशासनले मुद्दा दर्ता भने गरेको छैन ।

त्रिपाठीले प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला विपरित बद्नियतपूर्ण ढंगले प्रतिनिधिसभालाई असफल बनाउन खोजेको, विश्वासको मत हासिल गर्न असफल भएपछि प्रतिशोधपूर्ण ढंगले प्रतिनिधिसभा विघटन गरेको जिकिर गरेका छन् ।

त्रिपाठीले प्रधानमन्त्री ओलीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराई न्याय प्रशासन ऐन, २०७३ को दफा १७(४) बमोजिम हदैसम्म सजाय माग गरेका छन् ।

प्रधानमन्त्री ओलीमाथि यसअघि पनि अदालत र कानूनव्यवसायीहरुको अवहेलना गरेको मुद्दा लागेको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ३ : ५४ बजे

काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा टिपरको ठक्करबाट एक स्कुटर चालकको ज्यान

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

कैलाली । टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि

निर्वाचन अवधिभर पाँचथरको नेपाल-भारत सीमाबाट आवतजावतमा रोक

पाँचथर। जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर

आज चन्द्रग्रहण लाग्ने, नेपालबाट एक घण्टा देखिने

काठमाडौं । फाल्गुन शुक्ल पूर्णिमाका दिन आज (फागुन १९) बेलुका

भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका-३ भुल्केमा लामो समयदेखि रहँदै आएको