७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँकेमा फेरि बढ्यो संक्रमणको दर, १०४७ नमुना परीक्षण गर्दा ५५९ जनामा संक्रमण पुष्टि, १४ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना संक्रमित थपिएका छन् । बाँकेका ३ वटा प्रयोगशालामा भएको पीसीआर परीक्षणमा १०४७ नमुना परीक्षण गर्दा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही समयमा बाँकेमा उपचाररत १४ जनाको मृत्यु भएको छ भने २९३ जना कोरोना मुक्त भएका छन् ।

भेरी अस्पताल पीसीआर ल्यावमा ८१६ नमुना परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजमा ९१ नमुना परीक्षण भएकोमा २४ जनामा र बागेश्वरी डाइग्नोशिस केन्द्रमा १४० नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अनुपातको हिसावले पछिल्लो २ दिन घटेको बाँकेको कारोना ग्राफ आज फेरि बढेको तथ्यांकले देखिएको छ । कुल संक्रमित मध्य बाँके जिल्लाका २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नमुना परीक्षणको ५३ दशमलव ३९ प्रतिशतमा संक्रमण पुष्टि भएकोमा बाँकेका मात्र ४४ दशमलव २ प्रतिशतमा संक्रमण देखिएको छ ।

बाँकेमा २४ घण्टाकैबीचमा १४ जना मृत्यु भएकोमा ५ जना बाँके जिल्ला भित्रका र ९ जना अन्य जिल्लाका रहेका छन् । आज सम्ममा बाँकेमा उपचाररत बाँके भित्रका २७९ जना र जिल्ला बाहिरका २५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ५ : ०७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई