१५ बैशाख २०८१, शनिबार | April 27, 2024

रुपन्देहीमा २३६ जना संक्रमित थपिँदा ५०४ जना कोरोना मुक्त, १ जनाको मृत्यु



बुटवल । रुपन्देहीका पछिल्लो २४ घण्टामा ७६५ नमुना परीक्षण गर्दा २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीका रुपन्देहीमा ५०४ जना कोरोना मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार २४ घण्टाकै अवधीमा रुपन्देहीमा १ जनाको मात्र मृत्यु भएको छ । कोरोनाको दोस्रो लहर सुरुभएसँगै जिल्लमा पहिलो पटक बुटवल उपमहानगरमा भन्दा बढी तिलोत्तमामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बुटवलमा ६० जना संक्रमित थपिएका छन् । त्यसैगरि सैनामैनामा २६ जना, कञ्चनमा १९, देवदहमा १७ जना र ओमसतियामा ११ जना नयाँ संक्रमित थपिएका छन् ।

जिल्लामा अहिले सम्ममा ३९७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने अहिले पनि जिल्लामा ३९८७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ५ : ४२ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग