७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँकेका अस्पतालका कोरोना वार्डहरु खालि हुन थाले



नेपालगन्ज । दुईसाता अगाडि सम्म अस्पतालमा बेड नपाएर अस्पतालका पिँढी, आगन र गल्लीहरुमा समेत उपचार गराउन बाध्य कोरोना संक्रमितहरु डिस्चार्ज हुँदै गएपछि बाँकेका अस्पतालहरुमा यो हप्ता भने बेडहरु खालि हुन थालेका छन् । सामान्य अवस्थाका संक्रमितहरु डिस्चार्ज हुने र गम्भीर प्रकृतीका संक्रमितहरुको मृत्यु हुँदै गएपछि अस्पतालका बेडहरु खालि हुँदै गएको हो । पछिल्लो २ साता मृत्युदरले नराम्रो गरि गति लिएपछि र त्यसयता अस्पताल भर्ना हुन आउने संक्रमितको संख्या घटेपछि अस्पतालका बेडहरु खालि भएका हुन् ।

आज साँझ सम्ममा बाँकेका ४ वटा अस्पतालमा ७२ वटा बेड खालि रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं जिल्ला कोभिड व्यवस्थापन समितिका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए । सर्वाधिक संक्रमितको चाप हुने गरेको भेरी अस्पताल नेपालगन्जमा २७ बेड, नेपालगन्ज मेडिकल कलेजमा २७ बेड, वेष्टर्न अस्पतालको सर्जिकल वार्डमा १३ बेड र युनाईटेड अस्पतालमा ५ बेड खालि रहेको उनले जानकारी दिए ।

श्रेष्ठका अनुसार बाँकेमा मृत्युको दर भन्दा बढी डिस्चार्जहुनेको संख्या रहेको छ भने पछिल्लो हप्ता सिरियस भएर अस्पताल आउने संक्रमितको संख्या पनि घटेको छ । बाँकेमा उपचारका लागि आउने अन्य जिल्लाका संक्रमितहरुको मृत्युदर उच्च रहेपनि एक साता देखि बाँके जिल्ला भित्रका संक्रमितहरुको मृत्युदर पनि घटेको छ ।

मध्यान्ह पछि २ घण्टामा ४ जनाको मृत्यु

बाँकेका २ अस्पतालमा उपचाररत संक्रमितहरुको मध्यान्ह यता २ घण्टाका बीचमा ४ जनाको मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत रुकुमका २ जना, सल्यानका १ जना र बाँकेका १ जना संक्रमितको मृत्यु भएको हो ।

जिल्ला कोभिड व्यवस्थापन समितिका अनुसार जेठ ९ गते भेरी अस्पताल भर्ना भएका बाफिकोट १० रुकुमका ६६ वर्षिया महिलाको दिउँसो ३ः१० बजे मृत्यु भएको थियो भने जेठ ४ गते भेरीमै भर्ना भएका राप्ती सोनारी ५ बाँकेका २३ वर्षिय पुरुषको आज ४ः३५ बजे मृत्यु भएको थियो । त्यसैगरि बैशाख २७ गते भेरी अस्पतालमा भर्ना भएका आठबिसकोट १० रुकुमका ३२ वर्षिय पुरुषको ५ः३० बजे मृत्यु भएको थियो भने जेठ ६ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका छत्रेश्वरी ५ सल्यानका ३५ वर्षिय पुरुषको पनि ५ः३० बजे मृत्यु भएको डीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए ।

बाँकेमा जिल्ला भित्रका संक्रमितहरुको मृत्यु हुनेको संख्या २८० पुगेको छ भने जिल्ला बाहिरका २५८ जनाले उपचारका क्रममा बाँकेमा ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  १० : ४० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई