७ आश्विन २०८३, बुधबार | September 23, 2026

परित्राण पाठ गर्दै मनाईयो बुद्धजयन्ती



बुटवल । विश्व शान्तिका अग्रदुत महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विगतका बर्षमा राष्ट्रप्रमुख , विदेशी कुटनीतिज्ञहरुको सहभागितामा अन्तराष्ट्रिय स्तरको औपचारिक कार्यक्रम गरेर बुद्ध जयन्त्री मनाउने गरिएपनि यसवर्ष भने सामन्य पुजापाठ र प्रार्थना गरेर २५६५ औ बुद्ध जयन्ती मनाईएको छ ।

मुलुकमा चलिरहेको कोरोना माहमारी र त्यसको नियन्त्रण र उपचारका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण यसवर्ष बुद्ध जयन्तीलाई भब्यता प्रदान गर्न नसकिएको लुम्बिनी विकास कोषले जनाएको छ । गतवर्ष पनि यस अवधीमा कोरोना महामारी र निषेधाज्ञाका कारण बुद्धजयन्ती सामान्यरुपमा मनाईएको थियो ।

निषेधाज्ञाका कारण यस बर्ष पनि गतवर्ष जस्तै पुजा पाठ र सामन्य कार्यक्रम गरेर मनाइएको लुम्बिनी विकाष कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए ।

नियमित पुजा र प्रार्थनामा सरिकहुन आज बिहानै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लुम्बिनी पुगेका थिए । आजको मुख्य पुजाको मुख्यमन्त्री पोखरेलले दिप प्रज्वलन गरि सुरुगरेका थिए भने लुम्बिनी परिषरमा रहेका सबै गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवि परिसरमा उपस्थित भई पुजा पाठ गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री केपी ओलीले पठाएको भिडियो सन्देश प्रदर्शन गरिएको थियो । कार्यक्रममा ७ वटा बौद्ध सम्प्रादायका भिक्षुहरुले परित्राण पाठ गरेका थिए ।

आज साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको संझनामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । संक्रमितहरुको स्वास्थ्यलाभ र मृतकहरुको सम्झनामा २५६५ वटा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको कोषका सदस्यसचिव शाक्यले जानकारी दिए ।

फोटो : नरेश केसी

 

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ८ : ४३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११