६ पुस २०८२, आइतबार | December 21, 2025

परित्राण पाठ गर्दै मनाईयो बुद्धजयन्ती



बुटवल । विश्व शान्तिका अग्रदुत महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विगतका बर्षमा राष्ट्रप्रमुख , विदेशी कुटनीतिज्ञहरुको सहभागितामा अन्तराष्ट्रिय स्तरको औपचारिक कार्यक्रम गरेर बुद्ध जयन्त्री मनाउने गरिएपनि यसवर्ष भने सामन्य पुजापाठ र प्रार्थना गरेर २५६५ औ बुद्ध जयन्ती मनाईएको छ ।

मुलुकमा चलिरहेको कोरोना माहमारी र त्यसको नियन्त्रण र उपचारका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण यसवर्ष बुद्ध जयन्तीलाई भब्यता प्रदान गर्न नसकिएको लुम्बिनी विकास कोषले जनाएको छ । गतवर्ष पनि यस अवधीमा कोरोना महामारी र निषेधाज्ञाका कारण बुद्धजयन्ती सामान्यरुपमा मनाईएको थियो ।

निषेधाज्ञाका कारण यस बर्ष पनि गतवर्ष जस्तै पुजा पाठ र सामन्य कार्यक्रम गरेर मनाइएको लुम्बिनी विकाष कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए ।

नियमित पुजा र प्रार्थनामा सरिकहुन आज बिहानै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लुम्बिनी पुगेका थिए । आजको मुख्य पुजाको मुख्यमन्त्री पोखरेलले दिप प्रज्वलन गरि सुरुगरेका थिए भने लुम्बिनी परिषरमा रहेका सबै गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवि परिसरमा उपस्थित भई पुजा पाठ गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री केपी ओलीले पठाएको भिडियो सन्देश प्रदर्शन गरिएको थियो । कार्यक्रममा ७ वटा बौद्ध सम्प्रादायका भिक्षुहरुले परित्राण पाठ गरेका थिए ।

आज साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको संझनामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । संक्रमितहरुको स्वास्थ्यलाभ र मृतकहरुको सम्झनामा २५६५ वटा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको कोषका सदस्यसचिव शाक्यले जानकारी दिए ।

फोटो : नरेश केसी

 

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ८ : ४३ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र