२५ श्रावण २०८३, सोमबार | August 11, 2026

बोल्यो भारत : नेपालमा विकसित राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला



काठमाडौं । भारतले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला भएको टिप्पणी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेपालको राजनीतिक मामिलामा निरन्तर गतिविधि गर्दैआउने भारतले पहिलो पटक मुख खोलेको हो ।

भारतीय विदेशमन्त्रालयका प्रवक्ता अन्दिम बाग्चीले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई नोटिसमा लिएको बताउँदै यो विषय नेपालको आन्तरिक मामिला भएको बताएका हुन् । बाग्चीले भने, ‘यो नेपालको आन्तरिक मामिला भएकाले उसको आफ्नो घरेलु फ्रेमवर्कभित्र र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ ।’

‘एउटा छिमेकी र मित्रका हिसाबले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थायित्व र विकासमा भारतले गर्दै आएको सहयोगमा भारत प्रतिवद्ध छ’, बाग्चीले भने ।

 

 

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  १२ : २७ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय