१६ श्रावण २०८३, शनिबार | August 1, 2026

आर्थिक अवस्था कमजोर भएकालाई गाउँपालिकाबाट खर्च



स्याङ्जा । फेदीखोला गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका गाउँपालिकावासीलाई आर्थिक सहयोग गर्ने भएको छ ।

कोभिड-१९ को दोस्रो सङ्क्रमण बढ्दै गएको अवस्थामा पनि गाउँपालिकामा संक्रमण देखिएका बिरामी स्वास्थ्य परीक्षणमा चासो नदेखाएको र आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या आएको भन्दै गाउँपालिकाले पालिकावासीलाई उपचारमा हौसला प्रदान गर्न आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बजेट अभावमा उपचारमा समस्या नहोस् भनेर आर्थिक अवस्था कमजोर भएका पालिकावासीलाई उपचारमा सहयोग पुगोस् भनेर रु १५ हजारसम्म दिने निर्णय भएको बताए । अध्यक्ष सुवेदीले भने, “कोरोना पोजेटिभ देखिए पनि आर्थिक अभावमा अस्पताल नगएर घरमै थलिएर बसेको अवस्थामा पालिकाले दिने उपचार खर्चले सहयोग पुग्छ र यसले संक्रमणलाई लुकाउने कार्यमा कमी आउँछ ।”

बिरामीले अस्पतालमा स्वास्थ्योपचार गराएको कागजपत्रका आधारमा गाउँपालिकाको कार्यालयमा उपचार खर्च गरेको अवस्थामा रकम उपलब्ध गराउने अध्यक्ष सुवेदीले बताए ।

गाउँपालिकाका प्रशासकीय प्रमुख चिरञ्जीवी बरालले गाउँपालिकाभित्र ४९ जना संक्रमित रहेको र जसमध्ये नौ जना संक्रमण निको भएर घर फर्किएको र एकजना संक्रमित महिलाको मृत्यु भएको जानकारी दिए । गाउँपालिकाले कोरोना महामारीमा स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यअनुसार पालिकाभित्र दुईओटा एम्बुलेन्स सञ्चालनमा ल्याएको र कोरोना संक्रमित बिरामी र सुत्केरीको उपचारका लागि छुट्टाछुट्टै एम्बुलन्सद्वारा निःशुल्क सेवासमेत दिँदै आएको प्रशासकीय प्रमुख बरालले बताए ।

गाउँपालिकाले २० शैयाको अक्सिजनसहितको अस्पताल सञ्चालनमा ल्याएको र कोरोना संक्रमितहरूलाई संक्रमितको घरघरमै पुगेर औषधिसमेत वितरण गर्दै आएको गाउँपालिकाले जनाएको छ । जिल्लामा यो समाचार तयार पार्दासम्म कूल एक हजार ८४२ जना सङ्क्रमित भएका छन् भने ३२० जना निको भएर घर फर्किएका छन् ।

मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ भने विभिन्न ६४ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी मित्रप्रसाद अर्यालले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार होम आइसोलेशनमा एक हजार ३४३ छन् भने क्वारेन्टिनमा ३६ जना छन् । जिल्लामा २९७ आइसोलेशन शैयष र २४९ अक्सिजन सिलिण्डर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ३ : ३६ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा