१२ मंसिर २०८३, शनिबार | November 28, 2026

अनुमतिविना यार्सागुम्बा सङ्कलनकर्ता पाटनमा



दार्चुला । अपी हिमाल गाउँपालिका-४ का मोहनसिंह ठेकरे यार्सागुम्बा सङ्कलनका क्रममा अपी हिमाल नाउरखाल वनमा यार्सागुम्बा सङ्कलनका क्रममा बेपत्ता भए । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनको अनुमति नदिएरै यार्सागुम्बा सङ्कलन गर्न पाटन पुगेका ठेकरे बेपत्ता भएका हुन् ।

अहिलेसम्म अवस्था अज्ञात नै छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले यो वर्ष कोभिडका कारण जिल्लाभरि निषेधाज्ञा जारी गरिएको र यो बीचमा सङ्कलन अनुमतिपत्र वितरण गर्न अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई पत्राचार गरेको तर जिल्ला प्रशासन कार्यालयलले पत्रचार गरे पनि अपी नाम्पा संरक्षण क्षेत्रभित्रका यार्सागुम्बा पाइने क्षेत्रमा स्थानीयवासीलाई यार्सागुम्बा सङ्कलन गर्न नदिन कुनै पहल भएन । योतर्फ न जिल्ला प्रशासन कार्यालयले चासो राख्यो, न अपी नाम्पा संरक्षण र स्थानीय तहले नै । सङ्कलकहरू धमाधम यार्सा सङ्कलनका लागि लेक पुगिसकेका छन् ।

यार्सा गुम्बा सङ्कलनका लागि स्थानीयमात्र नभई बाहिर क्षेत्रबाट समेत लेकतिर लागेको भन्दै अपी हिमाल गाउँपालिका कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले वैशाख २८ गते यार्सागुम्बा सङ्कलनमा पूर्ण रोक लगाउन जिल्ला प्रशासन कार्यालय दार्चुला र अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई पत्राचार आग्रहसमेत ग¥यो ।

“तीनवटै निकायबीच समन्वयकारी भूमिका हुन नसक्दा अहिले दार्चुलाका सबै लेकमा सङ्कलकहरू यार्सागुम्बा सङ्कलन गर्न पुगेका छन्”, अपी हिमाल गाउँपालिका-१ का वडाअध्यक्ष धनसिंह जागरीले भने, “हामीले मात्रै सङ्कलनमा रोक लगाउन सकिने अवस्था रहेन । सुरक्षाकर्मीको उपस्थिति विना मानिस हामीले रोक्न सक्दैनौँ ।” अहिले दिनहुँ कोरोना सङ्क्रमणबीच पनि सङ्कलनकर्ताहरूको लेक जाने भीड लागेको छ । गाउँमा रुघाखोकी बिरामी ह्वात्तै छन्, तर सङ्कलनकर्ताहरू खुलेआम यार्सा सङ्कलनका लागि गइरहेका छन् ।

दार्चुलाको अधिकांश स्थानीय तहका स्थानीयवासीको आयस्रोतको मुख्यस्रोत पनि यार्सागुम्बा नै हो । दुई महिना यार्सागुम्बा सङ्कलन गर्ने र वर्षभरिका लागि खाद्यान्न, लुगाकपडा जोहो गर्नु जागरी भन्छन । हामीले उनीहरूलाई नजाऊ भन्न सकिने अवस्था पनि छैन । यार्सागुम्बा सङ्कलन नगरी घरमा के खाऔँ भन्ने अवस्थाका नागरिक पनि छन् । खेतीपाती तीन महिनाका लागि पनि हुँदैन । कोरोनाका बेला स्थानीयस्तरकै भन्दा बाहिर स्थानीय तहबाट समेत सङ्कलनकर्ताको भीड लागेपछि कोरोना फैलिने डर बढेको उनको भनाइ छ ।

अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत गणेश पौडेल कोभिड-१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आग्रहअनुसार हामीले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएका छैनौँ । हाम्रो मात्रै जनशक्तिले सङ्कलकनकर्तालाई रोक्न सकिने अवस्था रहेन । थोरै जनशक्ति छ । हामीले अहिलेको महामारीमा नजानूस् भनेर हात मात्रै जोड्ने हो, प्रमुख संरक्षण अधिकृत पौडेलले भने, “त्यो बाहेक पूरै रोक्न सकिने अवस्था छैन ।”

उनले यार्सागुम्बा सङ्कलनका लागि सङ्कलकर्ता रोक्ने विषयमा सुरक्षाकर्मीसँग समन्वय भए पनि ठोस निर्णयमा पुग्न नसकिएको बताए । अनुमति नलिएरै सङ्कलन गर्नु अवैधानिक भएको भन्दै कारबाहीको भागिदार बनाउन सकिने चेतावनी दिए । रासस

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ४ : ०६ बजे

Your email address will not be published.

मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन

मुस्ताङ । मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार

‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पौड्याल सम्मानित

काठमाडौं । नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास,

सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छ : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर

व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

पोखरा । सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको शुक्रबारदेखि पोखरामा सुरु

प्रधानमन्त्री लक्षित विश्वप्रकाशको टिप्पणी – ‘षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दै छन्, अब पर्दा पूरै च्यातिनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटाकी