५ पुस २०८२, शनिबार | December 21, 2025

सरकारकाे कदमकाे विराेधमा नवलपुरका दलहरू एकै  ठाउँमा



कावासाेती । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मन्त्रिपरिषद्काे सिफारिसमा नयाँ निर्वाचन घाेषणा गरेकाे कदमकाे विरूद्ध नवलपुरका सरकार बाहेकका दलहरू एक भएका छन् ।

बुधबार कावासाेतीमा बसेकाे संयुक्त बैठकले सरकारकाे असंवैधानिक कदमकाे विरूद्ध संयुक्त प्रेस विज्ञप्ति प्रकाशन गरेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ), नेकपा ( एमाले ) माधव पक्ष, जनता समाजवादी पार्टी, विवेकशील साझा पार्टी र राष्ट्रिय जनमाेर्चाले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

विज्ञप्तिमा नेपाली काँग्रेस, नवलपुरका सचिव बालकृण्ण घिमिरे, नेकपा (माओवादी केन्द्र), नवलपुरका सचिव मित्रशरण शर्मा ( बिहानी ), नेकपा (एमाले), नवलपुर माधव पक्ष जिल्ला अध्यक्ष शालिकराम भट्टराई, जनता समाज पार्टी, नवलपुरका जिल्ला अध्यक्ष धनबहादुर गुरूङ्ग, विवेकशील साझा पार्टीका प्रदेश कमिटि सदस्य टि एम पाैडेल, राष्ट्रिय जनमाेर्चा, नवलपुर जिल्ला अध्यक्ष दिपक पाण्डेले हस्ताक्षर गरेकाछन्।

विज्ञप्तिमा प्रधानमन्त्री के पि शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीकाे कदमलाई असंवैधानिक भन्दै विराेध गरिएका छन ६ दलले  यस्ताे कदमकाे विरूद्धमा उभिन जिल्लामा रहेका सम्पुर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायत सम्पूर्णमा आव्हान गरिएकाे छ ।

आज कावासाेतीमा  बसेकाे संयुक्त बैठकले तीन दिन भित्र जिल्लामा संयुक्त संघर्ष समिति निर्माण गर्ने, पालिका र वडासम्मै संयुक्त संघर्ष समिति निर्माण गर्ने निर्णय पनि गरेकाे छ । बैठक नेपाली काँग्रेस, नवलपुर जिल्ला कार्यलयमा बसेकाे थियाे ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ७ : ४१ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ