१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कालिमाटी तरकारी बजारमा जोरबिजार प्रणाली लागू



काठमाडौं । निषेधाज्ञाका समयमा भिडभाड बढेको भन्दै कालिमाटी तरकारी तथा फलफूल बजारमा जोरबिजोर प्रणाली लागू गरिएको छ । तरकारी बजार विकास समितिले गत सोमबारदेखि चारपाङ्ग्रे सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको हो ।

तरकारी बजार हाल बिहान १ बजेदेखि ९ बजेसम्म खुला हुँदै आएको छ । सिमित समयका लागि खुला गरिएको बजारमा धेरै भिड बढेपछि समितिले जोर दिनमा जोर नम्बरका तथा बिजोर दिनमा बिजोर नम्बरका सवारी साधनलाई मात्र बजारमा प्रवेश गर्न अनुमति दिने गरेको तरकारी बजार व्यवस्थापन समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । ‘‘निषेधाज्ञाको समयमा तरकारी बजारमा धेरै भिडभाड बढेपछि हामीले किसान तथा खुद्रा बजार बन्द गरेका थियौँ । दुई वटा बजार बन्द गरेपनि थोक बजारमा भिड कम नभएपछि जोरबिजोर प्रणाली लागू गरेका हौँ’’, उनले भने ।

तरकारी लिन जाने गाडी बिहान ८ बजेभित्र पुगिसक्नु पर्ने नियम बनाएको पनि उनले जानकारी दिए । थोक बजारमा अहिले झण्डै ४०० जना व्यापारीले व्यापार गर्दै आएका छन् ।

यस्तै अहिले दैनिक साढे ५०० टनको हाराहारीमा तरकारी भित्रिरहेकाले तरकारीको अभाव नहुने पनि समितिले जनाएको छ । यसअघि दैनिक ९०० टनसम्म तरकारी आउने गरेको थियो । रासस

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ८ : ३७ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर