८ बैशाख २०८१, शनिबार | April 20, 2024

युरोपा लिग फुटबलको उपाधि भिल्लारियललाई



काठमाडौं । स्पेनिस क्लब भिल्लारियलले युरोपा लिगको उपाधि जितेको छ । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गर्दै भिल्ला रियलले पहिलो पटक युरोपा लिग जितेको हो ।

पोल्याण्डमा भएको खेलको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा दुवै टिमबाट एकरएक गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीअघि २९ औँ मिनेटमा भिल्लारियलले खेलमा अग्रता बनाएको थियो । उसका लागि जेरार्ड मोरेनोले गोल गरे ।

भिल्ला रियलविरुद्ध युनाइटेडले ५५ औँ मिनेटमा बराबरी गोल फर्काएको थियो । उसका लागि इडिन्सन काभानीले गोल गरेका थिए । सिमित दर्शकसहित भएको फाइनलको पेनाल्टीमा युनाइटेडले १० वटा प्रहार गर्दा भिल्ला रियलले ११ वटा प्रहार गर्‍यो ।

युनाइटेडका गोलरक्षक डेविड डी हेयाले सडेन डेथमा प्रहार गरेको पेनाल्टी भिल्ला रियलका गोलकिपर रुल्लीले बचाएका थिए । लगत्तै रुल्लीले गोल गर्दै टिमलाई च्याम्पियन बनाए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ६ : ५८ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा