१३ असार २०८३, शनिबार | June 27, 2026

युरोपा लिग फुटबलको उपाधि भिल्लारियललाई



काठमाडौं । स्पेनिस क्लब भिल्लारियलले युरोपा लिगको उपाधि जितेको छ । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गर्दै भिल्ला रियलले पहिलो पटक युरोपा लिग जितेको हो ।

पोल्याण्डमा भएको खेलको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा दुवै टिमबाट एकरएक गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीअघि २९ औँ मिनेटमा भिल्लारियलले खेलमा अग्रता बनाएको थियो । उसका लागि जेरार्ड मोरेनोले गोल गरे ।

भिल्ला रियलविरुद्ध युनाइटेडले ५५ औँ मिनेटमा बराबरी गोल फर्काएको थियो । उसका लागि इडिन्सन काभानीले गोल गरेका थिए । सिमित दर्शकसहित भएको फाइनलको पेनाल्टीमा युनाइटेडले १० वटा प्रहार गर्दा भिल्ला रियलले ११ वटा प्रहार गर्‍यो ।

युनाइटेडका गोलरक्षक डेविड डी हेयाले सडेन डेथमा प्रहार गरेको पेनाल्टी भिल्ला रियलका गोलकिपर रुल्लीले बचाएका थिए । लगत्तै रुल्लीले गोल गर्दै टिमलाई च्याम्पियन बनाए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ६ : ५८ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट