२१ भदौ २०८३, आइतबार | September 6, 2026

कोरोना संक्रमणबाट सुदुरपश्चिमका पहिलो प्रदेश प्रमुख मोहोनराज मल्लको मृत्यु



काठमाडौं । सुदुरपश्चिम प्रदेशका पूर्व प्रदेशप्रमुख मोहोनराज मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

ललितपुरको पुल्चोकस्थि निदान अस्पतालमा उपचार गराइरहेका मल्लको आज बिहान मृत्यु भएको ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए । ।

कोरोना संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी लामो समयदेखि निमोनियाबाट पीडित थिए ।

नयाँ संविधानअनुसार नेपालमा संघीयता लागुभएपछि तत्कालिन शेरबहादुर देउवा सरकारले मल्ललाई सुदुरपश्चिम प्रदेश (प्रदेश नं. ७)को प्रदेशप्रमुख बनाएको थियो । २०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त भएका मल्लले ८ गते शपथ लिएका थिए ।

त्यसअघिसम्म नेपाली कांग्रेसको महासमिति सदस्य रहेका कैलालीका पुराना राजनीतिज्ञ मल्ल २०३७ देखि ०४६ सम्म राष्ट्रिय पञ्चायत सदस्य समेत भएका थिए । २०७० सालको दोस्रो संविधानसभाअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । मल्लका एक छोरा र एक छोरी छन् ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ८ : २८ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका