१८ असार २०८३, बिहिबार | July 2, 2026

प्रतिनिधिसभा विघटन विरुद्ध परेका १९ रिटमाथि सर्वोच्चमा आजदेखि सुनुवाइ हुँदै



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेका १९ वटा रिटमाथि आजबाट सुनुवाइ हुनेभएको छ ।
विघटन विरुद्ध परेका ३० वटा रिटमध्ये आज १९ वटा रिटमाथि सुनुवाइ हुन लागेको हो । बाँकी ११ वटा रिटले संवैधानिक वेञ्चको माग गरेका कारण भोलि शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुनेछन् ।

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) अनुसार बहुमतको दाबी पेश गर्दा पनि प्रधानमन्त्रीमा नियुक्त नगरेर प्रतिनिधिसभा विघटन गरिएको भन्दै सर्वोच्चमा रिट परेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार राति प्रधानमन्त्री ओलीको सिफारिसमा संसद् भंग गरेकी थिइन । त्यसविरुद्ध सर्वोच्च अदालतमा ३० रिट दर्ता भएका हुन् । ४ वटा रिटमा सोही धारा अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नियुक्त गर्नुपर्ने समेत माग गरिएको छ ।

देउवासहित पाँच विपक्षी दलका १४६ सांसदहरुले समेत सशरीर सर्वोच्चमा उपस्थित भएर रिट दायर गरेका छन् । यो रिटलाई विशेष चासोका साथ हेरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते पहिलोपटक प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसविरुद्ध सर्वोच्च अदालतले फागुन ११ गते फैसला गर्दै संविधानअनुसार सरकार बन्न सक्ने बेलासम्म प्रतिनिधिसभा विघटन गर्न नपाइने फैसला गरेको थियो । तर, संविधानको धारा ७६ ३ अनुसार अल्पमतको सरकाको नेतृत्व गरेको ओलीले उपधारा ४ अनुसार विश्वासको मत नलिइ या पदबाट राजीनामा नदिइ प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिसलाई राष्ट्रपतिले उपधारा ५ अनुसार सरकार बन्न नसकेको निस्कर्ष निकाल्दै सदर गरेकी थिइन ।

विपक्षीहरुले सर्वोच्च अदालतको आदेशअनुसार सरकार गठनका सबै विकल्प पूरा नगरि फेरि प्रतिनिधिसभा विघटन गरिएको जिकिर गर्दै पुनःस्थापना गर्न र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश माग गरेका छन् ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ८ : ४९ बजे

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता