८ बैशाख २०८३, मंगलबार | April 21, 2026

आवश्यक परे जनताले दिएको असाधारण अधिकार प्रयोग गर्छु : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले जनताले प्रतिनिधिसभालाई सार्वभौम अधिकार दिएको स्पष्ट पारेका छन् ।

कानून व्यवसायीहरुसँगको छलफलमा सभामुख सापकोटाले आवश्यक पर्यो भने जनताले दिएको अधिकारलाई आफुले प्रयोग गर्ने बताएका छन् ।

सभामुख सापकोटाले असाधारण परिस्थिति आइलागे आफुबाट त्यस्तो अधिकार प्रयोग गरिनुपर्ने धारणा राखेका हुन् । देश र जनताको हितभन्दा दायाँ–बायाँ गर्ने अधिकार कसैलाई छैन,’ सापकोटाले भने आवश्यक पर्दा देश जनता, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि नेपाली जनताले प्रदान गरेको अधिकारलाई प्रयोग गर्नुपर्छ ।’

सापकोटाले संविधान र प्रतिनिधि सभाको नियमावली अनुसार आफु चल्ने स्पष्ट पारे । सापकोटाले राजनीतिक पार्टीहरुमा जनताको शक्ति अभिव्यक्त हुने भएकाले आफुले राजनीतिक पार्टीहरुसँग पनि छलफल गर्ने बताए । सापकोटाले जनताको हितभन्दा दायाँ–बायाँ गर्ने अधिकार कसैलाई नभएको बताउँदै आफू पनि सोहीअनुसार चल्ने बताए ।

आफुहरु प्रतिनिधिसभा सञ्चालनमा दत्तचित्त भएर लाग्दा लाग्दै पनि देश अध्यादेशबाट चलाउन खोजिएको भन्दै सापकोटाले असन्तुष्टि व्यक्त गरे । सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरिएको र प्रतिनिधि सभाको अधिकार हनन गरिएकोमा उनले असन्तुष्टि जनाएका हुन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ६ : १५ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति