२० बैशाख २०८३, आइतबार | May 3, 2026

प्रतिनिधिसभा विघटन विरुद्ध सुनुवाइ गर्न प्रधानन्यायाधीस राणाले गठन गरे संवैधानिक इजलास



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् ।

प्रधानन्यायाधीस राणाले आफ्नो नेतृत्वमा इजलास गठन गरेका हुन् । संवैधानिक इललासमा रहेका अन्य न्यायाधीसहरुमा दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।

रिटमा आजबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदैछ । प्रतिनिधिसभा विघटन विरुद्ध परेका ११वटा रिटमा संवैधानिक इजलास माग गरिएको थियो । यस्तै अन्य १९ वटा रिटमा पनि गम्भीर संवैधानिक प्रश्नहरुको हल खोज्नुपर्ने भएकाले संवैधानिक इजलासमै पठाइएको छ । बिहीबार प्रधानन्यायाधीस राणाको एकल इजलासले ती रिटलाई समेत संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो ।

राष्ट्रपति कार्यालयमा पेस भएको बहुमतको दाबीअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने र संसद् पुनःस्थापना हुनुपर्ने लगायतको माग गर्दै प्रतिनिधिसभाका १४६ सांसदसहितले दर्ता गराएको ११ वटा रिटको पेसी संवैधानिक इजलासमा तोकिएको छ।

विघटनविरुद्ध कुल ३० वटा निवेदन दर्ता भएका छन् । रिट निवेदकले तत्कालन संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् । शुक्रवार बस्ने संवैधानिक इजलासले निवेदकको माग अनुसार अन्तरिम आदेश दिने की नदिने भन्नेबारे निर्णय गर्नेछ ।

संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित ५ जना न्यायाधीश हुन्छन् । प्रधान न्यायाधीशले आफूसहित रोष्टरमा रहेका सिनियर न्यायाधीश मध्येबाट इजलास गर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  १० : ३० बजे

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर

सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ

हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

खजुरा । स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-अभिलेख

लालपुर्जा नभएका सबैलाई हटाउन खोजे ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्नेछ : शंकर पोखरेल

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि निरन्तर डोजर