१६ बैशाख २०८१, आइतबार | April 28, 2024

जापानमा जुन २० सम्म स्वास्थ्य सङ्कटकाल थपियो



हङकङ । जापान सरकारले कोभिडका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तहरूमा शुक्रबार थप तीन हप्ताका लागि विस्तार गरेको छ ।

जापानमा पछिल्लो समय सङ्क्रमण दरमा कमी आएपनि अझै खतरामुक्त नरहेको भन्दै मा जुन २० सम्मका लागि सङकटकाल बिस्तार गरेको हो ।

एसिया-प्रशान्त क्षेत्रमा कोभिड-१९ सङ्क्रमण र मृत्युका घटनामा अझै अपेक्षाकृत कमी नआएपछि उक्त क्षेत्रका अधिकांश मुलुकहरूले उच्च सतर्कता अपनाएका छन् । यद्यपि केही देशहरूले यसको रोकथाम गर्न प्रतिबन्धहरूलाई बिस्तार गरेका छन् ।

सङ्बटकाल बिस्तार गरिएका जापानी नौ प्रान्तहरू टोकियो, ओसाका, होक्काइदो, आईची, क्योटो, ह्योगो, ओकायामा, हिरोशिमा र फुकुओका हुन् । सङ्कटकाल अवधि सोमबार समाप्त हुँदै थियो ।

जापानकै ओकिनावा प्रान्तमा यस पहिले नै जून २० सम्मका लागि कोभिड-१९ नियन्त्रणका लागि प्रतिबन्धका उपायहरूलाई बिस्तार गरिएको थियो ।

कोभिड-१९ नियन्त्रणका लागि अपनाइएका प्रतिबन्धहरूले रेस्टुरेन्टहरूलाई मदिरा बेच्न वा प्रत्यक्ष सेवाहरू प्रदान गर्न रोक लगाएको छ । स्वास्थ्य सावधानीका लागि विद्यालयहरू बन्द गरिएका छन् साथै ठूलो खालका भेला तथा सममेलन गर्दा स्वास्थ्य सुरक्षाका नियमहरूलाई पालना गर्नुपर्ने बताइएको छ । रासस

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ६ : २० बजे

प्रधानमन्त्रीको दाबी – ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको