काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक २६ र मंसिर ३ का लागि तोकिएको निर्वाचन समयमा नै हुने दाबी गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा शनिबार जंगीअड्डाबाट सम्बोधन गर्दै उनले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष भएको बताएका हुन ।
‘निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्न र निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्दछ । यसै अभिप्रायका साथ आगामी कात्तिक २६ र मंसीर ३ गते दुई चरणमा आम निर्वाचन सम्पन्न गर्ने घोषणा भएको छ । यतिबेला चुनाव हुँदैन र गराईँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन् । यस्ता दुश्प्रचारको भ्रममा नपर्न म सबैमा आह्वान गर्दछु’, उनले भने ।
उनले बरु यस संसदको समयावधि बाँकी छँदै किन चुनावमा जान बाध्य हुनुपर्यो भन्ने कुरा बुझ्न समेत जनतालाई आग्रह गरे ।



















प्रतिक्रिया