२२ जेष्ठ २०८०, सोमबार | June 5, 2023

सरकारका असंवैधानिक गतिविधिलाई साथ नदिन पाँच विपक्षी दलहरुद्वारा राज्यका सबै अंगलाई आग्रह



काठमाडौं । पाँच विपक्षी गठबन्धनले सरकारका संविधान विपरित र अलोकतान्त्रिक गतिविधिलाई साथ नदिन राज्यका सबै अंगहरुलाई आग्रह गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको विपक्षी गठबन्धनको छलफलपछि पाँच दलका शीर्ष नेतृत्वले विज्ञप्ति जारी गर्दै सरकारलाई साथ नदिन राज्यका निकायहरुलाई आग्रह गरेका हुन् ।

विपक्षी दलहरुले देश र जनतालाई दीर्घकालीन असर पार्ने संविधान विपरितका गतिविधि नगर्न सरकालाई चेतावनी दिएका छन् ।

विपक्षी दलहरुले संवैधानिक सर्वोच्चता, कानूनी शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको देशमा सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुनेमा विश्वस्त रहेको जनाएका छन् ।

उनीहरुले विज्ञप्तिमा भनेका छन्, ‘लामो कठोर संघर्षबाट प्राप्त नेपालको संविधान र लोकतन्त्रको पक्षमा एकतावद्ध रुपमा सशक्त किसिमले आवाज उठान र दृढताका साथ अग्रसर हुन हामी सबै राजनीतिक दलका नेता र कार्यकर्ताहरु तथा आम जनसमुदायमा हार्दिक आह्वान गर्दछौं ।’

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  १२ : २४ बजे

बिहारमा गंगा नदीमा निमार्णधिन चार लेनकाे पुल भाँच्चियाे

पटना । भारतको बिहारको भागलपुरमा गंगा नदीमा निर्माण भइरहेको पुल

पाल्पा जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी

विश्पकप क्रिकेट छनौट खेल्न आज सन्दीप लामिछाने अफ्रिका जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने

आज वातावरण दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस

मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका-१ स्थित डुम्रे