७ आश्विन २०८३, बुधबार | September 23, 2026

सरकारका असंवैधानिक गतिविधिलाई साथ नदिन पाँच विपक्षी दलहरुद्वारा राज्यका सबै अंगलाई आग्रह



काठमाडौं । पाँच विपक्षी गठबन्धनले सरकारका संविधान विपरित र अलोकतान्त्रिक गतिविधिलाई साथ नदिन राज्यका सबै अंगहरुलाई आग्रह गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको विपक्षी गठबन्धनको छलफलपछि पाँच दलका शीर्ष नेतृत्वले विज्ञप्ति जारी गर्दै सरकारलाई साथ नदिन राज्यका निकायहरुलाई आग्रह गरेका हुन् ।

विपक्षी दलहरुले देश र जनतालाई दीर्घकालीन असर पार्ने संविधान विपरितका गतिविधि नगर्न सरकालाई चेतावनी दिएका छन् ।

विपक्षी दलहरुले संवैधानिक सर्वोच्चता, कानूनी शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको देशमा सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुनेमा विश्वस्त रहेको जनाएका छन् ।

उनीहरुले विज्ञप्तिमा भनेका छन्, ‘लामो कठोर संघर्षबाट प्राप्त नेपालको संविधान र लोकतन्त्रको पक्षमा एकतावद्ध रुपमा सशक्त किसिमले आवाज उठान र दृढताका साथ अग्रसर हुन हामी सबै राजनीतिक दलका नेता र कार्यकर्ताहरु तथा आम जनसमुदायमा हार्दिक आह्वान गर्दछौं ।’

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  १२ : २४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११