७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रतिनिधिसभा विघटन मुद्दा : प्रधानन्यायाधीसलाई विदामा बस्न बरिष्ठ अधिवक्ता थापाको सुझाव



काठमाडौं । प्रतिनिधिसभा विघटन बारे परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भैरहेको छ । रिट सुनुवाइका लागि गठन भएको इजलासकै विषयमा कानून व्यवसायीहरुले एक पछि अर्को प्रश्न गरेका छन् ।

आइतबार वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले न्यायाधीस बमकुमार श्रेष्ठको सहभागितामा पुनः प्रश्न उठाएका छन् । त्यसपछि वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, बद्रीबहादुर कार्की, रमण श्रेष्ठ, हरिहर दाहाल, कृष्णप्रसाद भण्डारी, टिकाराम भट्टराई लगायतले एकपछि अर्को गर्दै न्यायाधीस श्रेष्ठ र अर्का न्यायाधीस तेजबहादुर केसी माथि समेत प्रश्न उठाएका छन् ।

तर, प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले न्यायाधीसहरुमाथि यसरी प्रश्न उठाउन नमिल्ने बताएका छन् । प्रधानन्यायाधीस राणाले पहिलेको फैसला र अहिलेको विघटनको मुद्दाको साइनोबारे प्रश्न गरेपछि कानून व्यवसायीहरुले फागुन २३ गते नेकपा खारेज गर्ने फैसला गर्ने न्यायाधीसले त्यही कारण उत्पन्न परिस्थितिमाथिको मुद्दा हेर्ने नमिल्ने वरिष्ठ अधिवक्ताहरुले जिकिर गरेका छन् । यस्तै उक्त फैसलामा पुनरावलोकन नदिने न्यायाधीस तेजबहादुर केसी समेत संवैधानिक इजलासमा बस्न नहुने जिकिर कानून व्यवसायीहरुको रहेको छ ।

प्रतिनिधिसभा विघटन विरुद्ध १४६ सांसदले दायर गरेको रिटमाथिको सुनुवाइपूर्व संवैधानिक इजलासमा रहेका न्यायाधीशबारे प्रश्न उठेको हो ।

प्रधानन्यायाधीस राणाले पुनरावलोकन नदिने इजलासमा आफु पनि भएको बताएपछि वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीसलाई समेत विदामा बस्न सक्ने सुझाव दिएका छन् । ुसर्वोच्च अदालतको ठाउँमा अर्को अदालत र प्रधानन्यायाधीशको ठाउँमा अर्को प्रधानन्यायाधीश नभएकोले संवैधानिक इजलासमा तपाई बस्नुको विकल्प छैनु, थापाले भने ‘तर तपाई लिभमा बसे भैहाल्यो नि ।’

प्रधानन्यायाधीसको नेतृत्वमा संवैधानिक इजलास गठन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

एकपछि अर्को कानून व्यवसायीले न्यायाधीसमाथि प्रश्न उठाएपछि महान्यायाधिवक्ता रमेश बडालले आज पनि प्रतिवाद गरेका छन् । इजलासमाथि प्रश्न उठाउन नपाउने आचारसंहिता सम्झाउँदै बडालले विपक्षी कानून व्यवसायीहरुलाई बार काउन्सिलले हर्ने चेतावनी समेत दिएका छन् । बार काउन्सिलको अध्यक्ष महान्यायाधिवक्ता हुन्छन् ।

 

 

 

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  २ : १० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई