५ पुस २०८२, शनिबार | December 21, 2025

गणतन्त्र दिवसको अवसरमा शहिद तथा बेपत्ताका परिवारलाई स्वास्थ्य सामाग्री सहयोग



बर्दिया । गणतन्त्र ल्याउनका लागि लामो संघर्ष गरेका घाईते, शहिद र बेपत्ता योद्धाका परिवारहरुलाइ सम्मान गर्दै बारबर्दिया नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा स्वास्थ्य तथा सरसफाई सामाग्री उलब्ध गराएको छ । यस बर्षको गणतन्त्र दिवसका अवसरमा बारबर्दिया नगरपालिकाले ८३ जना शहिद र बेपत्ता योद्धाका परिवारहरुलाई घर मै गई भेटेर स्वास्थ्य तथा सरसफाई सामाग्री उपलब्ध गराएको हो ।

उनीहरुको पारिवारीक अवस्थाको बारेमा जानकारी लिने, भेटघाट गर्ने र कमजोर स्वास्थ्य अवस्था भएका परिवारका सदस्यहरुको स्वास्थ्य परिक्षण गर्ने उद्देश्यले घर घरमा पुगेर स्वास्थ्य समाग्री वितरण गरिएको बारबर्दिया नगरपालिकाले जनाएको छ ।

कोभिड १९ का कारण एकै स्थानमा कार्यक्रम गर्न नसकिने र उनीहरुको घरपरिवारको अवस्थाको बारेमा थाहा पाउने हुनाले घर दैलो कार्यक्रम गरीएको नगरप्रमुख दुर्गाबहादुर थारुले बताए । उनले भने – ‘यस बर्ष बेपत्ता र शहिद परिवारको अवस्थाको बारेमा नजिकैबाट बुझ्ने मौका मिलेको छ ।’

नगर उपप्रमुख अञ्जु दहितले हरेक बर्ष नगरपालिकाले द्वन्द्वपीडितहरुको जिविको पार्जनमा सहयोग गर्दै आएको जानकारी दिईन् ।

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तिलक शर्मा हिमालले बेपत्ता र शहिद परिवार तथा आफन्तलाई देखेपनि घरको अवस्थाको बारेमा जनकारी लिने मौका मिलेको बताए । उनले भने – ‘अहिले उनीहरुको आर्थिक सामाजिक अवस्था पनि बुझ्ने मौका मिलेको छ ।’

शहिद र बेपत्ता योद्धाका परिवारहरुलाई नगरपालिकाले मास्क, स्यानीटाईजर, औषधी, हर्लिक्स र सरसफाई किटहरु दिएको छ । कोभिडको महामारीको बेलामा आवश्यक पर्ने स्वास्थ्य सामाग्री सहित पौष्टिक आहार समेत दिईएको छ । त्यसैगरी भेटघाटको क्रममा चिकित्सकले उनीहरुको स्वास्थ्य अवस्था समेत जाँच गरेका छन् । जेष्ठ नागरीक र दिर्घ रोगीहरुका लागि आवश्यक उपचारका लागि नगरअस्पताल सम्म लैजाने व्यवस्था समेत गरीएको छ ।

नगरपालिकाको टिम स्वास्थ्य सामाग्रीको टिम सहित घर घरमा पुगेपछि द्वन्द्वपीडितहरु हर्षित भएका थिए । हाल सम्म सरकारी कार्यालय र संघ संस्थाहरु कुरा गर्न र सोधखोज गर्न आउने गरेको भएपनि नगरपालिका स्वास्थ्य सामाग्री लिएर पहिलो पटक भेटघाट गर्न गएपछि उनीहरु खुसी भएका हुन् । पहिले गफ मात्र गरेर जाने धेरै आए पनि मेयर उपमेयर सहयोगी सामाग्री लिएर आउँदा खुसी लागेको बारबर्दिया नगरपालिका ५ की रामकली थारुले बताईन ।

त्यसैगरी गणतन्त्र दिवसको अवसरमा नगरपालिको आर सि थारु मेमोरियल अस्पतालमा रहेका कोभिड र साधारण विरामीहरुलाई फलफुल समेत वितरण गरेको छ । नगरपालिकाले हरेक बर्ष गणतन्त्र दिवशको अवसर पारेर घाईते योद्धा, बेपत्ता र शहिदहरुको सम्झनामा विविध क्रियाकपाल गर्दै आएको छ । शहिद र बेपत्ताका नाममा नगरपालिकाले सडक, पार्क, अस्पताल र शिक्षालय सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  १० : १८ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ