१० असार २०८३, बुधबार | June 24, 2026

नेपालमा रहेका ६२ पाकिस्तानी लिएर लाहोर उड्यो हिमालय एयरलाइन्स, फर्किंदा १४ नेपाली विद्यार्थी ल्याउने



काठमाडौं । नेपालमा रहेका पाकिस्तानी नागरिकलाई उद्दार गरी पाकिस्तान पठाइएको छ ।

काठमाडौंस्थित पाकिस्तानी दूतावासको पहलमा हिमालयन एयरलाइन्सको चार्टर फ्लाइटबाट ६२ जना पाकिस्तानी नागरिकको उद्दार गरिएको हो ।

विभिन्न कामको सिलसिलामा नेपालमा आएका थिए । तर, कोरोना भाइरसको महामारी तीब्र बनेपछि नेपालले सबै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाउँदा ती पाकिस्तानी नागरिकहरु अलपत्र परेका थिए ।

पाकिस्तानी दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि संयोजन गरेपछि आज उनीहरुको उद्दार उडान भएको हो । हिमालय एयरलाइन्सको H95891 को उडानबाट उनीहरुलाई पाकिस्तानको लाहोर लगिएको छ ।

लाहोरका लागि बिहान ९ बजेर ५० मिनेटमा उडान भरेको हिमालय एयरलाइन्स आजै अपरान्ह ४ बजे काठमाडौं फर्किनेछ । स्वदेश फर्किँदा पाकिस्तानमा चिकित्सा शिक्षामा अध्ययन गरिरहेका १४ जना नेपाली विद्यार्थीलाई पनि सँगै लिएर आउने बताइएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ११ : १३ बजे

महाधिवेशन नसकी काठमाडौं फर्किए बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

आज पनि सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ

कोलम्बियाको लगातार दोस्रो जित, डीआर कंगोलाई हराउँदै नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

नारायणगढ । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो