१८ असार २०८३, बिहिबार | July 2, 2026

प्रधानमन्त्रीको आक्रोश : कालोकोटधारीले न्यायालयमा वितण्डा मच्चाए, ‘पूर्वप्रधानन्यायाधीसहरु आउटडेटेड इलेमेन्ट’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनव्यवसायीहरुमाथि फेरि खनिएका छन् ।

पहिलोपटक प्रतिनिधिसभा विघटन विरुद्ध परेको मुद्दाका बहसकर्ता कानूनव्यवसायीहरुलाई तमासा देखाएको भन्दै आरोप लगाएका ओलीले फेरि अर्कोपटक पनि सोही आरोप लगाएका छन् ।

एमालेको युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले आफुले भनेको न्यायाधीस नभए हुँदैन भनेर वकिलहरुले संवैधानिक इजलासमै तमासा देखाएको आरोप लगाएका हुन् ।

ओली विपक्षी गठबन्धनको पक्षमा वकालत गर्ने वरिष्ठ अधिवक्ताहरुले आफुले लेखेर दिएको फैसला सुनाउने न्यायाधीस खोजेर न्यायालयमा वितण्डा मच्चाएको जिकिर गरे । ओलीले प्रश्न गरे, ‘हामीले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीशमात्र मान्छौं भनेर कालोकोटधारीले न्यायपालिकालाई कुन हैसियतमा पुर्‍याउँदैछन् ?

ओलीले यसलाई गम्भीर विषय भएको बताउँदै उनीहरू न्यायाधीश छान्नेमात्र होइन फैसला पनि हामी नै दिन्छौं भनेको आरोप लगाए ।

ओलीले विगतमा जस्तै पूर्वप्रधानन्यायाधीसहरुप्रति पनि खनिए । पूर्वप्रधानन्यायाधीसहरुले वक्तव्यबाजी जारी गरेको आरोप लगाउँदै उनले भने ‘यसअघि न्यापालिकाको नेतृत्व गरेकाहरुको ताण्डव पनि देखिँदैछ । राज्यको पेन्सन खाएर न्यायालयको हुर्मत लिने ? आफ्नो कार्यकालमा केही नगर्ने, अहिले सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने ? हाम्रो लोकतन्त्रलाई आउटडेटेड इलेमेन्टबाट जोगाइन्छ, जोगाउँछौं ।’

प्रधानमन्त्री ओलीले पहिलो पटक संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि बहस गर्ने कानून व्यवसायीहरु र पूर्वप्रधानन्यायाधीसहरुलाई गाली गरेका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ५ : २९ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले