२४ बैशाख २०८१, सोमबार | May 7, 2024

नेपालमा महामारी फैलाएको कोरोनाको ‘भारतीय भेरियन्ट’को नाम अब ‘डेल्टा भेरियन्ट’



विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको भेरियन्टको नामाकरणका लागि नयाँ सिस्टमको घोषणा गरेको छ ।

डब्लूएचओले अब नयाँ भेरियन्टको नामाकरण गर्न ग्रिक भाषाका अक्षरको सहारा लिने भएको छ । कोरोनाको वेलायती भेरियन्ट, भारतीय भेरियन्ट, दक्षिण अफ्रिकी भेरियन्ट भन्दै आएको डब्लुएचओले अब अल्फा, विटा, डेल्टा जस्ता नामले कोरोना भेरियन्टको नाममाकरण गर्ने भएको हो ।

जसअनुसार नेपालमा महामारीको रुपमा फैलिएको भारतीय भेरियन्ट (B.1.617.2)को नाम अब डेल्टा भेरियन्ट रहन पुगेको छ । भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम दिइएको छ । बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’ भनिएको छ भने ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’ नाम दिइएको छ । यस्तै दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’ भनिएको छ । भार

भारतीय भेरियन्ट भन्दा भारतले केही दिनअघि आपत्ति जनाएको थियो । तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पियोले कोभिड-१९ लाई उहान भाइरस चिनियाँ भाइरस भन्दै चीनको आलोचना गर्दा त्यसैमा हो मा हो मिलाउँदै भाइरसको तथाकथित नामाकरण गरेका भारतीय अधिकारीहरुले आफ्नो देशमा फैलिएको भेरियन्टमा मे महिनादेखि भारतीय विशेषण जोडिएपछि आपत्ति जनाउन सुरु गरेका थिए ।

अब डब्लूएचओले कुनै पनि भेरियन्टको साथ कुनै देशको नाम नजोडिने सुनिश्चित गर्न ग्रिक अक्षरको सहारा लिएको हो । डब्लूएचओका कोभिड-१९ टेक्निकल प्रमुख मारिया वैन कर्खोवले ट्वीट गर्दै भनेकी छिन्, ‘कुनै पनि देशलाई भेरियन्ट खोज्ने नाममा उसको देशको नाम बद्नाम गर्नु हुँदैन ।’

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ९ : १७ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,