२९ चैत्र २०८२, आइतबार | April 12, 2026

नेपालमा महामारी फैलाएको कोरोनाको ‘भारतीय भेरियन्ट’को नाम अब ‘डेल्टा भेरियन्ट’



विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको भेरियन्टको नामाकरणका लागि नयाँ सिस्टमको घोषणा गरेको छ ।

डब्लूएचओले अब नयाँ भेरियन्टको नामाकरण गर्न ग्रिक भाषाका अक्षरको सहारा लिने भएको छ । कोरोनाको वेलायती भेरियन्ट, भारतीय भेरियन्ट, दक्षिण अफ्रिकी भेरियन्ट भन्दै आएको डब्लुएचओले अब अल्फा, विटा, डेल्टा जस्ता नामले कोरोना भेरियन्टको नाममाकरण गर्ने भएको हो ।

जसअनुसार नेपालमा महामारीको रुपमा फैलिएको भारतीय भेरियन्ट (B.1.617.2)को नाम अब डेल्टा भेरियन्ट रहन पुगेको छ । भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम दिइएको छ । बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’ भनिएको छ भने ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’ नाम दिइएको छ । यस्तै दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’ भनिएको छ । भार

भारतीय भेरियन्ट भन्दा भारतले केही दिनअघि आपत्ति जनाएको थियो । तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पियोले कोभिड-१९ लाई उहान भाइरस चिनियाँ भाइरस भन्दै चीनको आलोचना गर्दा त्यसैमा हो मा हो मिलाउँदै भाइरसको तथाकथित नामाकरण गरेका भारतीय अधिकारीहरुले आफ्नो देशमा फैलिएको भेरियन्टमा मे महिनादेखि भारतीय विशेषण जोडिएपछि आपत्ति जनाउन सुरु गरेका थिए ।

अब डब्लूएचओले कुनै पनि भेरियन्टको साथ कुनै देशको नाम नजोडिने सुनिश्चित गर्न ग्रिक अक्षरको सहारा लिएको हो । डब्लूएचओका कोभिड-१९ टेक्निकल प्रमुख मारिया वैन कर्खोवले ट्वीट गर्दै भनेकी छिन्, ‘कुनै पनि देशलाई भेरियन्ट खोज्ने नाममा उसको देशको नाम बद्नाम गर्नु हुँदैन ।’

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ९ : १७ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्