१२ माघ २०८२, सोमबार | January 26, 2026

मे महिनामा १२ हजार भित्रिए, २३ हजार बाहिरिए



काठमाडौं । गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४०० जना नेपाल भित्रिएका हुन् । जसमा एक हजार ४६८ जना विदेशी नागरिक र १० हजार ९३२ जना नेपाली नागरिक स्वदेश भित्रिएका छन् ।

गत मेमा नेपाल भित्रनेभन्दा बाहिरिनेको तथ्याङ्क दोब्बर छ । सो अवधिमा २३ हजार १३५ बाहिरिएका छन् । बाहिरिनेमध्ये नौ हजार ९७७ विदेशी र १३ हजार १५८ जना नेपाली छन् । अन्य महिनाको तुलनामा मेमा कम सङ्ख्यामा विदेशी नेपाल भित्रिएका छन् ।

कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका थिए । विभागको तथ्याङ्कअनुसार अप्रिलमा १४४ देशबाट २२ हजार ४५० जना विदेशी नेपाल भित्रिएका थिए । यस्तै, गत अप्रिलमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै ५१ हजार ७७५ नेपाली विदेशिएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  १२ : ०६ बजे

गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने पार्टी केन्द्रको निर्णय सबैले पालना गर्नुपर्छ : मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना : एकभाग बाँकी

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३

बेलहिया नाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत

रुपन्देही । रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा । झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना