१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन सुरु, विपक्षीको एउटै आवाज : मुख्यमन्त्री राजीनामा देऊ



बुटवल । लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आजबाट सुरु भएको छ । प्रदेशसभा भवन बुटवलमा दिनको १ बजेबाट सुरु भएको अधिवेशनको पहिलो बैठकको प्रारम्भमा सभामुखले प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर सुनाएका थिए भने उनले मन्त्रीपरिषद हेरफेर, दुई प्रदेश सदस्यले पदबाट दिएको राजिनामाका बारे सभालाई जानकारी गराएका थिए ।

बैठकमा शुभकामना दिन समय लिएर बोल्ने सांसदहरुले संघीय सरकारका प्रधानमन्त्री केपी ओली र मुख्यमन्त्री शंकर पोखरेलको चर्को विरोध गरेका थिए । उनीहरुले संविधानलाई ट्रयाक देखि बाहिर लगेर निरंकुशता लाड्न खोजिएको भन्दै सरकारको बिरोध जनाएका थिए ।

पहिलो बैठकमा बोल्दै नेपाली कांग्रेसका संसदीय दलको प्रमुख सचेतक फकरुद्धिन खानले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अबैधानिक रहेको बताए । उनले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पोेखरेलले अबिलम्ब राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताउँदै मुख्यमन्त्री पोखरेलले अदार्श र नैतिकता देखाउन आवश्यक रहेको बताए ।

नेकपा माओवादी केन्द्रका नेता सुदर्शन बरालले संघीय सरकारका प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति जस्तो गरिमामय सास्थालाई बालुवाटारको कारिन्दाकारुपमा परिचालन गरिएको आरोप लगाए । उनले प्रधानमन्त्रीले राष्ट्रपतिलाई आदेश दिएर कोरोना विरुद्धको खोप भिक्षा माग्न लगाएर संस्थाको अपमान र विश्व समुदायमा मुलुकको गरिमा घटाएको आरोप लगाए । कार्यकारी अधिकार भएको सरकार छाँयामा बसेर राष्ट्रपतिलाई कारिन्दा सरह बिभिन्न देशका प्रमुखहरुलाई फोन गर्न आदेश गरेको बरालले टिप्पणी गरे ।

जनता समाजवादी पार्टीका संसदीयदलका नेता सहजराम यादवले एमालेले सत्ता टिकाउनका लागि अन्य पार्टी फोड्दै हिँडेको आरोप लगाए । एमालेले सत्ताको दुरुपयोग गर्दै अर्को पार्टीको संसदीय दलको नेता परिवर्तन गरेको बताउंदै एमादलेको कार्यालयमा बसेर अर्को पार्टीको संसदीयदलको नेता परिवर्तनको अधिकार नभएको बताए ।

बैठकमा सदस्यहरु विरबहादुर राना, तारा जिसी, शंकर गिरी, इन्द्रजित थारुले बोल्दै सरकारको आलोचना गरेका थिए ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  २ : ४६ बजे

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा

आगामी बजेट : सुरु भइसकेका योजना प्राथमिकतामा, नयाँ योजनाको लाभ-लागत विश्लेषण अनिवार्य

काठमाडौं । हाल काम सुरु भइसकेका तथा क्रमागत प्रकृतिका आयोजनालाई

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौँ । सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन

रास्वपा सभापति रवि लामिछाने र महन्थ ठाकुरबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने