७ आश्विन २०८३, बुधबार | September 23, 2026

जसपाका दुवै झगडियासँग निर्वाचन आयोगले माग्यो एक अर्कालाई कारवाही पुष्टि गर्ने प्रमाण



काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरलाई एक अर्कालाई कारवाही गरेको पुष्टि हुने हुने आधिकारिक कागजात मागेको छ।

बुधबार आयोगले दुवै पक्षलाई आआफ्नो दाबी प्रमाणित गर्ने आधिकारिक कागजपत्र पेश गर्न आग्रह गरेको हो । आयोगले अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय कार्यकारिणी बैठकको निर्णयको हस्ताक्षर समेत माग गरेको छ ।

मंगलबार मात्रै जसपाका अध्यक्षद्वय यादव र ठाकुरले एकले अर्कोलाई कारवाही गरेको भन्दै निर्वाचन आयोगमा रहेको दर्ता किताबबाट अर्का नेताको नाम हटाउन आग्रह गर्दै निवेदन दिएका थिए । यादवले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निस्काशन गरेका थिए भने ठाकुरले यादवलाई निस्काशन गरेका थिए ।

निर्वाचन आयोगले दुबै पक्षसँग राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुचुची १८ बमोजिमको ढाँचा अनुसारको विवरण पेश गर्न भनेको छ । अनुसूची १८ मा दलको विवरण हेरफेर भएको निवेदन दिने ढाँचा समावेश छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ५ : ०८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११