५ असार २०८३, शुक्रबार | June 19, 2026

फुटबल प्रेमीलाई लक्षित गर्दै डिसहोमले सुरु गर्यो नयाँ अभियान ‘मेरो मनको दोस्रो देश’



काठमाडौ । डिसहोमले फुटबल प्रेमी दर्शकहरुलाई लक्षित गर्दै नयाँ अभियान “मेरो मनको दोस्रो देश” को सुरुवात गरेको छ ।

युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए यूरो २०२० का फुटबल प्रेमी दर्शकहरुलाई लक्षित गरि डिसहोमले आफ्नो नयाँ अभियान मेरा मनको दोस्रो देश ‘मेरो मनको दोस्रो देश’ सुरु गरेको हो । गत वर्ष महामारीको कारण रद्ध गरिएको यूईएफए यूरो २०२० यस वर्ष प्रसारण गर्न डिसहोम संपूर्ण रुपमा तयार रहेको छ ।

दर्शकहरुले यो फुटबल प्रतियोगिता डिसहोमको एच.डि च्यानल एक्सन स्पोर्टस्मा हेर्न सक्नेछन् । सामाजिक संजालहरुमा ‘मेरो मनको दोस्रो देश’ ट्रेन्ड गराइ यस योजनाले फुटबल प्रतियोगितालाई दर्शकहरु बीच रोमान्चकारी बनाउने छ । यस अन्तर्गत फ्यानहरुले आफूँले प्रशंसा र समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्दछन् ।

यस माध्यमबाट उनीहरुले आफ्नो पक्ष र विपक्ष टीमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्ने बारे जानकारी प्राप्त गर्नेछन् । हरेक नागरिकको अनन्त प्रेम र समर्थन आफ्नै देशका लागि हुन्छ भने खेलमा भाग नलिएका देशका नागरिकको पनि आफ्नै समर्थनको दोस्रो देश हुन्छ ।

यस अभियानले प्रशंसकहरुलाई उनीहरुको दोस्रो देशको साथ खेलमा आनन्दित हुने अवसर सिर्जना गर्दछ । यस अभियानबाट डिसहोमले समय समयमा कुन देशका सबै भन्दा धेरै समर्थक छन् भन्ने विवरण पनि निकाल्नेछ । जुन ह्यास्ट्यागरको मनको दोस्रो देश फाइनलमा जान्छ र खेल जित्छ, उनैले भाग्यशाली ड्र मार्फत बम्पर इनाम पनि जित्नेछ । यस बाहेक, फ्यानहरुले सामाजिक संजालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिइ विभिन्न उपहारहरु जित्न सक्नेछन् ।

डिसहोमले अभियानमा भाग लिनको लागि केही सर्त तथा नियमहरु लागु गरेको छ, जसमा सहभागीहरुले डिसहोमको फेसबुक पेज लाइक गर्नुपर्नेछ । सहभागीहरुले आफ्नो फेसबुकको पोस्टमा अनिवार्य रुपमा ‘मेरो मनको दोस्रो देश’  गर्नुपर्नेछ र आँफुले समर्थन गरेको देशको नाम उल्लेख गर्नुपर्नेछ । खेलको बीच अन्तरालमा समर्थन गरिएको देश परिवर्तन गर्न पाइने छैन । प्रतियोगिताको क्वाटर फाइनल सम्मको ह्यास्ट्याग मात्र लक्की ड्रमा गणना हुनेछ । सहभागीहरुले खेलको अन्त्य सम्म आफ्नो मनको देशलाई समर्थन गरि ‘मेरो मनको दोस्रो देश’  संगै खेल सम्बन्धित पोस्ट गर्न सक्नेछन् । विजेता राष्ट्र, पहिलो रनर राष्ट्र र दोस्रो रनर राष्ट्र गरि तीन राष्ट्रका समर्थकले लक्की ड्रबाट बम्पर पुरस्कार जित्नेछन् । विजेताहरुको घोषणा डिसहोमको फेसबुक पेजमा लक्की ड्रको माध्यमबाट हुनेछ ।

डिसहोम नेपालको सबै भन्दा ठूलो एच.डि र डिजिटल टेलिभिजन च्यानलहरुको प्रसारण र प्रसारण सेवाको संचालक हो । नेपालको ७७ जिल्लाहरुमा सेवा संचालन भए संगै यो नेपालको संपूर्ण बजारहरुमा सक्रिय रहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ८ : ४८ बजे

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ

दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको

कक्षा–१२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षाफल सार्वजनिक गरेको

देशका केही भू-भागमा वर्षा, तराईमा तातो हावा र अत्यधिक गर्मीको चेतावनी

काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना रहे पनि