२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

एमालेको नेपाल-खनाल पक्षको केन्द्रीय कमिटी बैठक जारी



काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक जारी छ ।

भर्चुअल रुपमा सुरु भएको बैठकमा अहिले नेताहरुले आआफ्ना धारणा राखिरहेका छन् ।

समसामयिक राजनीतिक घटनाक्रममा आफ्नो पक्षको धारणा समान बनाउन नेपाल खनाल पक्षले बैठक आयोजना गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी गठबन्धनमा सहभागी भएको यो समुहकै कतिपय नेताहरु ओली पक्षसँग व्यक्तिगत रुपमा निरन्तर सम्वादमा रहेको बेलामा बैठक बसेको छ ।

बैठकमा यसबीचमा संस्थापन पक्षसँग भएका अनौपचारिक छलफलबारे नेताहरुले वार्तामा सहभागी नेताहरुसँग जवाफ माग्नेभएका छन् । घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेहरु ओली पक्षका नेताहरुसँग निरन्तर वार्ता गरिरहेका छन् । तर, नेपाल पक्षका कैयौं नेताहरुले भने कार्यकर्ता र जनसंगठनहरुलाई विद्रोहका लागि तयार पारेर केही नेताहरुले आफ्नो स्वार्थअनुसार मात्रै संस्थापनसँग वार्ता गरिरहेका आरोप लगाइरहेका छन् । आफ्नै समुहमा दुई थरी विचार उत्पन्न भएपछि नेपाल खनाल पक्षले यसबारे निस्कर्ष निकाल्नका लागि केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

संस्थापन पक्षले झलनाथ खनाल, माधवकुमार नेपालसहित ११ नेतालाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निस्काशन गरेको छ । यस्तै अन्य १२ जना नेताहरुलाई पनि स्पष्टीकरण सोधेको ओली पक्षले कारवाही प्रक्रिया अघि बढाएको छैन । नेपाल खनाल र भीमरावलसहित केही सीमित नेताबाहेक अन्यलाई पार्टीमै अड्याउने रणनीतिअन्तर्गत ओली पक्षले नेपाल पक्षका नेताहरुसँग छलफल गरिरहेको छ ।

 

 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  १२ : २१ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२