१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

गण्डकी प्रदेशसभाबाट हटाइए जनमोर्चाका सांसद कृष्ण थापा



पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभामा रहेका आफ्ना सांसद कृष्ण थापाको पद खारेज गरेको छ । आजै बसेको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापालाई पदमुक्त गरेको पत्र प्राप्त भएको जानकारी गराएका छन् ।
प्रदेशसभा बैठकमा जानकारी गराएसँगै थापा औपचारिक रुपमा सांसदबाट पदमुक्त भएकाछन् ।

त्यसअघि जनमोर्चाको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले बागलुङ क्षेत्र नं. १ ‘क’ बाट निर्वाचित थापालाई सांसद पदबाट निस्काशन गर्ने निर्णय गरेको थियो । थापालाई सांसदबाट निस्काशन गर्न राजमोले संसद सचिवालयमा पत्र दर्ता गरेको थियो ।  राजमो महासचिव मनोज भट्ट र प्रदेश संसदीय दलका सचेतक पियारी थापाले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएकी हुन् ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा र त्यसपछि विपक्षी गठबन्धनका साझा उम्मेदवार कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गर्नुअघि थापाले पार्टी र संसदीय दलको निर्देशन अवज्ञा गरेका थिए । मुख्यमन्त्री गुरुङलाई पदमा टिकाइराख्न थापाले मुख्य भूमिका खेलेका थिए ।

थापा यसअघि प्रदेशसभा संसदीय दलका नेता थिए । तर दलको नेता भएर पनि दलकै निर्णय र निर्देशन उल्लंघन गरेपछि थापालाई राजमोले एकमहिना अघि दलको नेताबाट हटाएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  १ : १९ बजे

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी