३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

डब्लुएचओको प्रष्टीकरण, – नेपालमा कोरोनाको कुनै नयाँ भेरियन्ट भेटिएको छैन



काठमाडौं । बेलायती अखबारले नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको रिपोर्ट प्रकाशित गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले त्यसमा सत्यता नभएको बताएका छन् । डब्लुएचओले हालसम्म नेपालमा कोरोनाको कुनै नयाँ भेरियन्ट नभेटिएको स्पष्ट पारेको छ ।

डब्लुएचओ नेपाल कार्यालयले सामाजिक सञ्जालमार्फत नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठनलाई अवगत नभएको जनाएको हो ।

बेलायती ट्याब्लोइड अखबार डेली मेलले नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख गर्दै बेलायतबाट घुम्न जानेलाई चुनौती थपिएको ब्यानर रिपोर्ट प्रकाशित गरेको थियो ।

डेली मेलले बिहीबारको संस्करणमा ‘नेपाल भेरियन्ट थ्रेट टु आवर होलिडेज’ नामको व्यानर समाचार प्रकाशित गरेको थियो । डेल्ली मेलले नेपालबाट उत्पत्ती भएको भेरियन्टले यूरोपेली मुलुकलामा फैलिएको दाबी गर्दै बेलायतबाट यूरोप भ्रमणमा जानेहरुलाई चुनौती थपिएको जनाएको थियो ।

नेपालमा हालसम्म पुष्टि भएको कोरोनाको भेरियन्ट अल्फा र डेल्टा र कप्पा हो । बेलायती र भारतीय भेरियन्ट पछिल्लो केही महिनायता नेपालमा महामारीको रुपमा फैलिएको छ ।

हालै मात्र डब्लुएचओले देशको नाम जोडिएर भेरियन्टको नामको बदलामा ग्रिक अल्फावेट अनुसार भेरियन्टको नाम राख्न थालेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ३ : ०५ बजे

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी । प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको

भोटेकोशी बाढी : काभ्रेका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता

रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो

रूपन्देही । जिल्लामा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९

पूर्वराजा ज्ञानेन्द्र शाहको टिप्पणी : देश अस्तव्यस्त छ, राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्छ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देश अस्तव्यस्त अवस्थामा रहेको