२६ मंसिर २०८२, शुक्रबार | December 13, 2025

डब्लुएचओको प्रष्टीकरण, – नेपालमा कोरोनाको कुनै नयाँ भेरियन्ट भेटिएको छैन



काठमाडौं । बेलायती अखबारले नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको रिपोर्ट प्रकाशित गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले त्यसमा सत्यता नभएको बताएका छन् । डब्लुएचओले हालसम्म नेपालमा कोरोनाको कुनै नयाँ भेरियन्ट नभेटिएको स्पष्ट पारेको छ ।

डब्लुएचओ नेपाल कार्यालयले सामाजिक सञ्जालमार्फत नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठनलाई अवगत नभएको जनाएको हो ।

बेलायती ट्याब्लोइड अखबार डेली मेलले नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख गर्दै बेलायतबाट घुम्न जानेलाई चुनौती थपिएको ब्यानर रिपोर्ट प्रकाशित गरेको थियो ।

डेली मेलले बिहीबारको संस्करणमा ‘नेपाल भेरियन्ट थ्रेट टु आवर होलिडेज’ नामको व्यानर समाचार प्रकाशित गरेको थियो । डेल्ली मेलले नेपालबाट उत्पत्ती भएको भेरियन्टले यूरोपेली मुलुकलामा फैलिएको दाबी गर्दै बेलायतबाट यूरोप भ्रमणमा जानेहरुलाई चुनौती थपिएको जनाएको थियो ।

नेपालमा हालसम्म पुष्टि भएको कोरोनाको भेरियन्ट अल्फा र डेल्टा र कप्पा हो । बेलायती र भारतीय भेरियन्ट पछिल्लो केही महिनायता नेपालमा महामारीको रुपमा फैलिएको छ ।

हालै मात्र डब्लुएचओले देशको नाम जोडिएर भेरियन्टको नामको बदलामा ग्रिक अल्फावेट अनुसार भेरियन्टको नाम राख्न थालेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ३ : ०५ बजे

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारी पूरा

‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’

काठमाडौँ । सौन्दर्य व्यवसाय महिलाको सुन्दरतासँग मात्र नभइ उनीहरूको अर्थोपार्जनसँग

उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । उपरथीमा विशेष बढुवा भएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति

विधान संशोधन नगरि सकियो एमाले सचिवालय बैठक

काठमाडौँ । गत भदौ दोस्रो साता भएको विधान महाधिवेशनले पारित

पाल्पामा जिप दुर्घटना : ३ जनाको मृत्य, दुई जनाको सनाखत

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा ३