६ पुस २०८२, आइतबार | December 21, 2025

नेपाल-खनाल निकट १७ जनसंगठनको चेतावनी : ओलीले आफ्ना शर्तहरु नमाने नयाँ पार्टी गठन



काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल पक्ष निकट जनसंगठनहरुले अध्यक्ष केपी शर्मा ओलीले आफुहरुका सर्त मान्न तयार नभए अलग पार्टी गठन हुने चेतावनी दिएका छन् ।

नेपाल खनाल पक्षीय केन्द्रीय कमिटीको बैठक चलिरहेकै समयमा बिहीबार विभिन्न १७ वटा जनसंगठनहरुले सामुहकि विज्ञप्ति जारी गर्दै पार्टी संरचना, विधान र नेतृत्व २ जेठ २०७५ अगाडिको अवस्थामा नल्याइए अलग पार्टी बनाउने चेतावनी पनि दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षाको निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनुपर्नेछ । इतिहासको यो आदेश र आवश्यकताका निम्ति नयाँ प्रतिवद्धता र दृढताका साथ उभिन हामी तयार रहेको पनि जानकारी गराउन चाहन्छौं ।’

जनसंगठनका प्रमुखहरुले फागुन २८ पछि अध्यक्ष ओलीले गरेका पार्टी विधान विपरितका सबै निर्णय सच्चाउन माग गरेका छन् । उनीहरुले पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र पार्टी विधानको विपरीत बनेको अवैध कमिटी र अध्यक्षले गरेको स्वेच्छाचारी कारबाही अर्थहीन भएको जिकिर गरेका छन् । पार्टी नेताहरुलाई अवैधानिक ढंगले निष्कासन फिर्ता लिन पनि उनीहरुले माग गरेका छन् ।

नेपाल खनाल पक्षको आज बसेको बैठकमा ओली पक्षसँग वार्तामा बसेका नेताहरुले अहिलेसम्मको अवस्थाबारे जानकारी गराएका थिए । घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पार्टी एकता वचाउन अन्तिमसमयसम्म प्रयत्न जारी राख्न खोजेको बताउँदै ओली पक्षले आफुहरुलाई भुलाउन मात्र लागेको बताएका छन् ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ४ : ५१ बजे

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको