१९ बैशाख २०८१, बुधबार | May 2, 2024

नेपाललाई कोरोनाविरुद्धको खोप दिने अमेरिकाको घोषणा



काठमाडौं । अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने भएको छ । अमेरिकाले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सहयोग गर्ने घोषणा गरेको भएपनि कति मात्रा सहयोग गर्ने भन्ने हालसम्म खुलेको छैन ।

यसअघि गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्र पठाएर कोरोनाविरुद्धको खोप सहयोगका लागि आग्रह गरेकी थिइन ।

नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने अमेरिकी घोषणाबारे नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले ट्वीटरमा यस्तो लेखेका छन्-

अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणाको प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । खोप उपलब्ध गराउन नेपालले गरेको आग्रहलाई सुनेको भन्दै उनले धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटमा लेखेका छन्- ‘यसले नेपाल र अमेरिकाको मित्रतताको मजबुतिलाई पुष्टि गर्छ ।’

ह्वाइट हाउसको वव्यक्त अनुसार पहिलो चरणमा दिइने साढे २ करोड डोज खोपको करिव ७५ प्रतिशत अर्थात झण्डै १ करोड ९० लाख कोभ्यास कार्यक्रमलाई दिइनेछ ।

अमेरिकाले पहिलो चरणमा एसियाली मुलुकका लागि ७० लाख डोज खोप वितरण गर्ने जनाएको छ । त्यस्तै ६० लाख मध्य र दक्षिण अमेरिकी राष्ट्रका लागि छुट्याएको छ।

५० लाख डोज अफ्रिकी मुलुकलाई दिने अमेरिकाले घोषणा गरेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ६ : ३८ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी