६ पुस २०८२, आइतबार | December 21, 2025

एमाले नेपालपक्षका ४ नेताले अध्यक्ष केपी ओलीसँग वार्ताको औचित्य नभएको भन्दै बुझाए ध्यानाकर्षणपत्र(पत्रसहित)



काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई आफ्नै समूहका चारजना नेताले पार्टीलाई एकताबद्ध बनाउने नाममा अध्यक्ष केपी ओलीको जालमा नपर्न ध्यानाकर्षण गराएका छन्। लिखित ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले अब फेरि पनि केपी ओलीसँग सम्झौता गर्ने हो भने झलनाथ–माधव समूहहरुको राजनीति सिद्धिने चेतावनी पनि दिएका छन् ।

बरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाललाई सम्बोधन गर्दै जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनीहरुले पत्रमा वार्ता गर्न गठित कार्यदलको औचित्य नै सकिएको निष्कर्ष निकाल्दै २ जेठ २०७५ अगाडिको एमाले कायम भएर मात्रै समस्या हल नहुने पनि उल्लेख गरेका छन् । ‘‘वार्ता गर्ने कार्यदलको औचित्य समाप्त भइसकेको छ, यसलाई तत्काल बन्द गरौं’, पत्रमा लेखिएको छ । शीर्ष नेताहरुलाई निष्काशनको निर्णय ओलीले गरेकाले कार्यदलको औचित्य सकिएको उनीहरुको तर्क छ ।

उनीहरुले कार्यदलमा रहने नेताहरुले सबै केन्द्रीय सदस्यहरुको प्रतिनिधित्व गर्न नसक्ने उल्लेख गर्दै राष्ट्रिय भेला, कर्णालीमा फ्लोर क्रस, राष्ट्रियसभा उपनिर्वाचनमा आफ्नै उम्मेद्वार विरुद्ध उभिनु र केपी ओलीलाई खराब प्रवृत्तिका नाइके घोषणा गरिनुको अर्थ २ जेठमा फर्कन मात्रै नभएको पनि संस्मरण गरिएको छ ।

अहिले सहमति गर्दा अन्य दलहरुले समेत विश्वास नगर्ने आउन सक्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ । ‘हामी आफैं आफ्नो एजेण्डा छोडेर नैतिक र बैचारिक रुपले घरको न घाटको बन्ने दिशामा हिंड्न थाल्यौं भने हाम्रो राजनीतिक अस्तित्व बाँकी रहँदैन’, उनीहरुले पत्रमा भनेका छन् ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/Advices-to-Standing-cpmmittee-078_2_19-1.pdf” title=”Advices-to-Standing-cpmmittee-078_2_19 (1)”]

 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ८ : २९ बजे

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको