२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

एमाले नेपालपक्षका ४ नेताले अध्यक्ष केपी ओलीसँग वार्ताको औचित्य नभएको भन्दै बुझाए ध्यानाकर्षणपत्र(पत्रसहित)



काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई आफ्नै समूहका चारजना नेताले पार्टीलाई एकताबद्ध बनाउने नाममा अध्यक्ष केपी ओलीको जालमा नपर्न ध्यानाकर्षण गराएका छन्। लिखित ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले अब फेरि पनि केपी ओलीसँग सम्झौता गर्ने हो भने झलनाथ–माधव समूहहरुको राजनीति सिद्धिने चेतावनी पनि दिएका छन् ।

बरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाललाई सम्बोधन गर्दै जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनीहरुले पत्रमा वार्ता गर्न गठित कार्यदलको औचित्य नै सकिएको निष्कर्ष निकाल्दै २ जेठ २०७५ अगाडिको एमाले कायम भएर मात्रै समस्या हल नहुने पनि उल्लेख गरेका छन् । ‘‘वार्ता गर्ने कार्यदलको औचित्य समाप्त भइसकेको छ, यसलाई तत्काल बन्द गरौं’, पत्रमा लेखिएको छ । शीर्ष नेताहरुलाई निष्काशनको निर्णय ओलीले गरेकाले कार्यदलको औचित्य सकिएको उनीहरुको तर्क छ ।

उनीहरुले कार्यदलमा रहने नेताहरुले सबै केन्द्रीय सदस्यहरुको प्रतिनिधित्व गर्न नसक्ने उल्लेख गर्दै राष्ट्रिय भेला, कर्णालीमा फ्लोर क्रस, राष्ट्रियसभा उपनिर्वाचनमा आफ्नै उम्मेद्वार विरुद्ध उभिनु र केपी ओलीलाई खराब प्रवृत्तिका नाइके घोषणा गरिनुको अर्थ २ जेठमा फर्कन मात्रै नभएको पनि संस्मरण गरिएको छ ।

अहिले सहमति गर्दा अन्य दलहरुले समेत विश्वास नगर्ने आउन सक्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ । ‘हामी आफैं आफ्नो एजेण्डा छोडेर नैतिक र बैचारिक रुपले घरको न घाटको बन्ने दिशामा हिंड्न थाल्यौं भने हाम्रो राजनीतिक अस्तित्व बाँकी रहँदैन’, उनीहरुले पत्रमा भनेका छन् ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/Advices-to-Standing-cpmmittee-078_2_19-1.pdf” title=”Advices-to-Standing-cpmmittee-078_2_19 (1)”]

 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ८ : २९ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२