६ पुस २०८२, आइतबार | December 21, 2025

नेपाल-खनाल समुहको केन्द्रीय कमिटी बैठक आज पनि, विद्रोहको बाटो रोज्न केन्द्रीय सदस्यहरुको दबाब



काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

बिहीबारदेखि सुरु भएको बैठकमा नेताहरुले बोल्ने क्रम जारी छ । अहिले बिहान ११ बजेबाट सुरुहुने भर्चुअल बैठकमा बोल्न बाँकी रहेका नेताहरुले आआफ्नो धारणा राख्नेछन् । ८८ जना सदस्य उपस्थित बैठकमा हिजो ३९ जनाले आफ्नो धारणा राखिसकेका छन् । सबै नेताहरुले धारणा राखिसकेपछि सामुहिक निस्कर्ष निकाल्दै बैठक सकिने बताइएको छ ।

पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारिता र निरंकुशताले सीमा नाघेको भन्दै बैठकमा बोल्ने अधिकांश सदस्यहरुले नेतृत्वलाई खुट्टा नकमाई वैकिल्पक बाटो तय गर्न सुझाव दिएका छन् । बिहीबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले वार्ताका नाममा ओलीले आफ्नो विचार समुहका केही नेताहरुलाई भुलाएको भन्दै जवाफ माग गरेका थिए ।

संस्थापन पक्षले नेपाल पक्षका नेताहरुलाई व्यक्तिगत रुपमा भेट गर्दै फकाउने काम जारी राखेको छ । तर, यो समुहका दोस्रो वरियतामा रहेका केही नेताहरुले भने ओलीपक्षसँग निरन्तर वार्ता गरिरहेका छन् । बिहीबार आफ्नो धारणा राख्दै ओलीपक्षसँग छलफल गरिरहेका घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले ओलीले आफुहरुलाई अल्मल्याउन खोजेको भन्दै पार्टी एकता वचाउन अन्तिमसम्म प्रयत्न गरेको बताएका थिए ।

बिहीबारकै बैठकमा पोलिटब्यूरोसदसस्य त्रय प्रकाश ज्वाला, विजय पौडेल र जगन्नाथ खतिवडा एवं केन्द्रीय सदस्य राजेन्द्र राईले नेताहरु खनाल र नेपाललाई सम्बोधन गर्दै ओलीसँग नझुकी नयाँ बाटो लाग्न अपील गरेका थिए ।

हिजै नेपाल खनाल निकट १७ वटा जनसंगठनका प्रमुखहरुले समेत कुनै खुटुट नकमाई नयाँ पार्टी खोल्नुपरे पनि अघि बढ्न आग्रह गरेका थिए । उनीहरुले पार्टी विधान, संगठन र नेतृत्वसहितका सबै विषयमा जेठ २, २०७५ को अवस्थामा अध्यक्ष ओली फर्किन तयार नभए विद्रोह गरी नयाँ पार्टी गठन गर्नुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ११ : १२ बजे

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको