१० चैत्र २०८२, मंगलबार | March 24, 2026

तिलोत्तमाका पत्रकार चौधरीको परिवारलाई प्रेस चौतारी र नगरपालिकाको सहकार्यमा एकलाख एक हजार सहयोग



तिलोत्तमा । प्रेस चौतारी नेपाल रुपन्देही र तिलोत्तमा नगरपालिकाको सहकार्यमा स्वर्गीय पत्रकार हिक्मत चौधरीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण उपचाररत चौधरीको यही जेठ ५ गते बुटवलको कारोना विशेष अस्पतालमा मृत्यु भएको थियो ।

स्वर्गीय पत्रकार चौधरीको रुपन्देहीको तिलोत्तमा-५ मणिग्रामस्थित निवासमा पुुगेर प्रेस चौतारी रुपन्देही शाखाको टोलीले सहयोग स्वरुप संगठनको तर्फबाट ५१ हजार र चौतारीको पहलमा तिलोत्तमा नगरपालिकाबाट प्राप्त ५० हजार गरी एक लाख एक हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

उक्त सहयोग रकम प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीका इन्चार्ज मोहन चापागाईंले स्वर्गीय चौधरीको श्रीमती उदयदेवी कुँवरलाई हस्तान्तरण गरेका हुन ।

त्यस अवसरमा उनले यो महामारीमा पत्रकार चौधरीको उपचारमा प्रेस चौतारीको तर्फबाट सक्दो कोशिष भए पनि ज्यान बचाउन नसकेकोमा दुःख व्यक्त गर्दै परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन । उनले पीडित परिकारको दुःखमा पार्टी र संगठन सधै साथमा रहने पनि बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी रुपन्देहीका सल्लाहकार दिनेश पाण्डे, उपाध्यक्ष लक्ष्मण पौडेल, तिलोत्तमा नगरपालिकाका प्रेस सल्लाहकार विपि गौतम, संगठनका सदस्यहरु दिनेश श्रेष्ठ, स्वस्तिक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टीका स्थानीय कमिटीका विभिन्न नेताहरुको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ८ : ४९ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण