७ पुस २०८२, सोमबार | December 22, 2025

तिलोत्तमाका पत्रकार चौधरीको परिवारलाई प्रेस चौतारी र नगरपालिकाको सहकार्यमा एकलाख एक हजार सहयोग



तिलोत्तमा । प्रेस चौतारी नेपाल रुपन्देही र तिलोत्तमा नगरपालिकाको सहकार्यमा स्वर्गीय पत्रकार हिक्मत चौधरीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण उपचाररत चौधरीको यही जेठ ५ गते बुटवलको कारोना विशेष अस्पतालमा मृत्यु भएको थियो ।

स्वर्गीय पत्रकार चौधरीको रुपन्देहीको तिलोत्तमा-५ मणिग्रामस्थित निवासमा पुुगेर प्रेस चौतारी रुपन्देही शाखाको टोलीले सहयोग स्वरुप संगठनको तर्फबाट ५१ हजार र चौतारीको पहलमा तिलोत्तमा नगरपालिकाबाट प्राप्त ५० हजार गरी एक लाख एक हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

उक्त सहयोग रकम प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीका इन्चार्ज मोहन चापागाईंले स्वर्गीय चौधरीको श्रीमती उदयदेवी कुँवरलाई हस्तान्तरण गरेका हुन ।

त्यस अवसरमा उनले यो महामारीमा पत्रकार चौधरीको उपचारमा प्रेस चौतारीको तर्फबाट सक्दो कोशिष भए पनि ज्यान बचाउन नसकेकोमा दुःख व्यक्त गर्दै परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन । उनले पीडित परिकारको दुःखमा पार्टी र संगठन सधै साथमा रहने पनि बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी रुपन्देहीका सल्लाहकार दिनेश पाण्डे, उपाध्यक्ष लक्ष्मण पौडेल, तिलोत्तमा नगरपालिकाका प्रेस सल्लाहकार विपि गौतम, संगठनका सदस्यहरु दिनेश श्रेष्ठ, स्वस्तिक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टीका स्थानीय कमिटीका विभिन्न नेताहरुको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ८ : ४९ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८