२२ बैशाख २०८१, शनिबार | May 5, 2024

शंकर पोखरेल भन्छन् – महन्तपक्ष सरकारमा आएपछि संविधानवाद स्थापित भयो



बुटवल । संघीय गणतन्त्र नेपालको संविधान २०७२ लाई सडकमा आगो लगाएर जलाउनेकार्यको नेतृत्व गर्ने राजेन्द्र महतोको सत्तारोहणलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संविधानवाद स्थापित भएको बताएका छन् । मुख्यमन्त्री पोखरेलले आज सामाजिक सञ्जालमा जसपाको महन्तपक्ष सरकारमा सहभागि भएसंगै संविधानवाद स्थापित भएको बताएका हुन् ।

पोखरेलले संविधानवाद लागु भएको लेखिरहँदा प्रधानमन्त्री ओलीको सत्ता साझेदार बनेका उपप्रधानमन्त्री राजेन्द्र महतोले भने पद बहालीकै दिन संविधान विपरित बहुल राष्ट्रियताको वकालत गरेका छन् । मुख्यमन्त्री पोखरेलको अभिव्यक्तिमा भने बहुल राष्ट्रियताको बिषयमा केहि उल्लेख गरिएको छैन । उनले महन्त पक्ष सरकारमा आएर संविधानवाद लागु भएको र अव सबैपक्ष चुनाव मार्फत नयाँ जनादेश प्राप्तगर्ने अभियानमा जुट्न आह्वान समेत गरेका छन् ।

संविधानलाई नै अस्विकार गर्नेहरुलाई सरकारमा सहभागी बनाउने र सहभागी भएकै दिन संविधान विपरित अभिव्यक्ति दिने कार्यलाई मुख्यमन्त्री पोखरेलले बचाउ गरेपछि उनका फोलोयर्सहरुले पोखरेलको चर्को विरोध गरेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  १० : ०८ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै