१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

तिब्बतको गुडविल फाउन्डेशनद्वारा नेपाललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग



काठमाडौं । चीनको तिब्बतमा रहेको सामाजिक संस्था गुडविल फाउन्डेसनले नेपालका लागि ५० वटा अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । गुडविल फाउन्डेशनका महासचिव मा झिजियानले आज ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई यी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

नेपालमा फैलिएको कोरोना भाइरसको दोस्रो महामारीविरुद्ध संयुक्त रुपमा लड्न चाइना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्स्चेन्ज, सिल्क रोड एनजीओ कोअपरेशन नेटवर्क र गुडविल फाउन्डेशनद्वारा सुरु गरिएको ‘कोभिड–१९ सिल्क रोड कम्युनिटी विल्डिङ इनिसियटिभ’को पहलमा यी स्वास्थ्य सामाग्रीहरु सहयोग गरिएको हो । गुडविल फाउन्डेशनको अगुवाईमा चीनका गैरसरकारी संस्थाहरु र सहयोगी दाताहरुमार्फत संकलन गरिएका यी स्वास्थ्य सामाग्री नेपाली महावाणिज्यदूत नवराज ढकाललाई हस्तान्तरण गरिएको छ ।
गुडविल फाउन्डेशन र नेपाल चीन कैलाश कल्चर प्रमोशन एशोसिएसनले ५० वटा अक्सिजन कन्सट्रेटर सहयोग गरेका छन् । यसैगरी सिचुवान प्रान्तको लेसान शहरले लुम्बिनी विकास कोषलाई १० वटा कन्सट्रेटर सहयोग गरेको छ । लेसान शहरको लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकासँग भगिनी सम्बन्ध रहेको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरण समारोहमा बोल्दै महावाणिज्य दूत ढकालले महामारी नियन्त्रणका लागि चीनबाट नेपाललाई भैरहेको निरन्तरको सहयोगप्रति आभार व्यक्त गरे । ढकालले सयौंवर्षदेखि नेपाल र चीनबीच मित्रवत सम्बन्ध रहेको स्मरण गर्दै गुडविल फाउन्डेशन र नेपाललाई माया गर्ने अन्य संस्थाहरुको सराहना गरे । चीन र नेपालले एकआपसलाई सधैंभर हरेक अप्ठेरोका सहयोगी बनेको बताए । ढकालले भने, ‘जनवादी गणतन्त्र चीन सरकार र तिब्बत स्वायत्त सरकारलगायत अन्य सहयोगी गैरसरकारी संस्थाहरुले नेपालको महामारी नियन्त्रणका लागि काँधमा काँध मिलाएका छन् ।’

त्यसअवसरमा गुडविल फाउन्डेशनका निर्देशक मा ले नेपाल एक्लै नभएको जिकिर गरे । नेपाललाई संकट पर्दा चिनियाँ जनताले सधैंभर साथ दिने उनले प्रतिद्धता व्यक्त गरे । मा ले भने, ‘हामीबीच रहँदै आएको मित्रवत भाइचारा सम्बन्ध आगामी पिढीसम्म पनि जीवन्त रहनेछ । यो सम्बन्धलाई मजबुद बनाउन दुवै पक्ष मिलेर अघि बढ्नु पर्दछ । नेपाललाई आइपर्ने सबै संकटको सामना गर्न हामी सधैंभर तत्पर रहनेछौं ।’
यो सहयोग गुडविल फाउन्डेशनको ‘फाइट अगनेष्ट कोभिड १९, यू आर न अलोन’को एक हिस्सा हो । महावाणिज्य दूतावासलाई हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्री ल्हासाबाट सडकमार्गहुँदै काठमाडौंका लागि आजै पठाइसकिएको छ ।

फाउन्डेशनले गत वर्ष पनि नेपालमा २ लाख ३० हजार मेडिकल मास्क सहयोग गरेको थियो । यसैगरी, काठमाडौं, जनकपुर लगायतका विभिन्न स्थानमा हात धुने केन्द्रको स्थापना गरेको थियो । फाउन्डेशनले यसअघि नेपालमा कैयौं कल्याणकारी कार्य गर्दै आएको छ । नेपाली बेरोजगार युवालाई विभिन्न सिपमुलक प्रशिक्षण दिएर स्वरोजगारमा उत्प्रेरित गर्ने काममा फाउन्डेसनले सहयोग गरेको छ । २०७२ सालको विनाशकारी भूकम्पबाट पीडित बालबालिको शैक्षिक स्तरोन्नती गर्नका लागि पनि फाउन्डेसनले विभिन्न कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ५ : २४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले