३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

काठमाडौंमा उपप्रधानमन्त्री महतोको पुत्ला दहन, दर्जन बढी विधार्थी नेता प्रकाउ



काठमाडौं । नेपाललाई टुक्राउने अभिव्यक्ति दिएको भन्दै माधव नेपाल निकट अनेरास्ववीयुले उपप्रधानमन्त्री एवं सहरी सहरी विकास मन्त्री राजेन्द्र महतोको पूत्ला दहन गरेका छन् ।

शनिबार काठमाडौंको नयाँ बानेश्वरमा माधव नेपाल निकट अनेरास्ववीयुका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा बिद्यार्थीहरुले महतोको पुत्ला दहन गरेका हुन् ।

शुक्रवार उपप्रधानमन्त्री पदमा नियुक्त भएपछि महतोले नेपाल एकल राज्य हुन नसक्ने विवादित अभिव्यक्ति दिएपछि आलोचित बनेका छन् । महतोले पदभार ग्रहण गर्दै बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्तिको आन्दोलनको तयारी गरिरहेको बताएका थिए ।

यस्तै शनिबार जसपाको महन्थ ठाकुर पक्षले आयोजना गरेको कार्यक्रमपछि उपप्रधानमन्त्री महतोले भने, ‘नेपाल त बहुल राष्ट्रिय राज्य छँदै हो नि ।’ नेपाल विभिन्न जातीय, वर्ग समुदायको विविधता भरिएको भन्दै उनले भने, ‘बहुलता भनेको त्यही हो, त्यसैले बहुल राष्ट्रिय राज्य भनेको हो ।’ बहुल राष्ट्रिय राज्य भएकाले त्यसअनुसार नियम, कानून, संविधान र सहभागिता हुनुपर्ने आफूहरुको मत रहेको उनको भनाई छ । यसमा विवाद गर्नुको कुनै अर्थ नभएको भदै महतोले भने, ‘बहुल भनेको एक जात, एक वर्ग, एक समुदाय होइन । सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ । यो नभएसम्म जनताले आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गरिरहन्छ ।’

पुत्ला जलाउनेले क्रममा सत्तारुढ एमाले निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामासहित दर्जन बढी विधार्थी नेता प्रकाउ परेका परेका छन् । टेपेन्द्रजंग शाही, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चपागाई, अमर पुन, हर्क बम, लक्ष्मी क्षेत्री, आकाश खनाल, मानबहादुर बुढालगायत पनि पक्राउ परेका छन ।

उनीहरुलाई प्रदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लब राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ८ : ४९ बजे

बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

काठमाडौँ । शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी

दसैंदेखि छठसम्म वालेटमा एक दिनमा ५० पटकसम्म पैसा जम्मा गर्न सकिने

काठमाडौं । ठूला चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वालेटमा

प्रहरी सङ्गठनलाई सक्षम, व्यवसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र

एमाले केन्द्रीय कार्यालयको सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं। एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ

महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्च कांग्रेसले आफ्नै खर्चमा मर्मत गर्ने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको