२ माघ २०८१, बुधबार | January 15, 2025

प्रदेश २ सरकारमा सत्ता साझेदारीका विषयमा जसपा र कांग्रेसबीच छलफल



जनकपुर । पार्टीमा महन्थ ठाकुर पक्ष केन्द्रमा एमालेसँग सत्तासाझेदारी गर्न पुगेपछि प्रदेश २ मा जसपाको उपेन्द्र यादव पक्ष काँग्रेस र माओवादीसँग सत्तासाझेदारी गर्ने प्रयास सुरु गरेको छ ।

पार्टी व्यवहारिक रुपमा विभाजित भैसकेपछि प्रदेशसभामा बहुमतमा रहेको यादव पक्षले ठाकुर पक्षका मन्त्रीलाई बर्खास्त गरी कांग्रेसलाई सत्तामा ल्याउने प्रयास सुरु गरेको हो । जसपा प्रदेशसभा संसदीय दलको हिजो बसेको बैठकले मुख्यमन्त्री लालबाबु राउतलाई दलको नेतामा चयन गरिसकेको छ । मुख्यमन्त्री राउतले हिजै राति ठाकुर पक्षका चार मन्त्रीलाई बर्खास्त गरिसकेका छन् । प्रदेशसभामा रहेका ५५ जनामध्ये यादव पक्षमा ३६ जना सांसदहरु रहेका छन् ।

जसपाले आज सोमबार कांग्रेसका सांसदहरुसँग छलफल गरेको हो । यसअघि अध्यक्ष उपेन्द्र यादवले काग्रेस उपसभापति विमलेन्द्र निधिसँग सत्तासहकार्यको विषयमा छलफल गरिसकेका छन् । सोमबार जसपाका तीन जना मन्त्री र कांग्रेसका तीन जना सांसदबीच सरकारको विषयमा छलफल भएको कांग्रेसका सचेतक उपेन्द्र कुशवाहले बताएका छन् । दुवै पक्ष पुनः साँझ पनि छलफलमा बस्नेगरी उठेका छन् ।

बैठकमा जसपाको तर्फबाट भू मि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय र समाजिक विकासमन्त्री नवलकिशोर साह, सहभागी थिए । यस्तै, कांग्रेसको तर्फबाट सचेतक कुशवाहसहित शिवचन्द्र चौधरी र विरेन्द्र सिंह सहभागी थिए ।

प्रदेशसभा अधिवेशन आजैबाट सुरुहुँदैछ । असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता छ । यसका लागि ठाकुर पक्षका सांसदहरुले असहयोग गर्ने निश्चित भएपछि मुख्यमन्त्री राउतले सो पक्षका मन्त्रीलाई हटाएर कांग्रेसलाई सत्तामा ल्याउन चाहेका छन् ।

माओवादीले आफ्ना सांसदलाई कारवाही गरेपछि १०७ बाट १०४ सदस्यमा झरेको प्रदेशसभामा बहुमत पुर्याउनका लागि ५३ जना सांसदको आवश्यकता पर्दछ । ३६ जना सांसदको समर्थन जोगाएका मुख्यमन्त्री राउतका लागि थप १७ जना सांसदको आवश्यकता पर्दछ । कांग्रेससँग १९ जना सांसद छन् । जसपाले माओवादीसँग पनि सहकार्यको प्रस्ताव गरेको छ । माओवादीका भने ८ जना मात्र सांसद रहेका छन् ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ११ : ३२ बजे

रवि लामिछानेले बुझाए प्रभु बैंककाे ‘बैंक ग्यारेन्टी’, केही बेरमा रिहा हुदैँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरौटीबापतको रकम बुझाएका

भूमिसबन्धी अध्यादेशमा बालेन शाहको व्यंग्य

काठमाडौं । सरकारले भूमिसबन्धी अध्यादेश लागु गरे पछि क्रिया प्रतिक्रिया

यस्ता छन् अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौं । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन र

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि

राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन