२६ बैशाख २०८१, बुधबार | May 8, 2024

नेपाल-खनाल समुहको निस्कर्ष : अध्यक्ष ओलीको सर्तसहितको एकता प्रस्ताव – छलकपटपूर्ण



काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल समुहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शर्तसहित राखेको पार्टी एकताको प्रस्ताव छलकपटपूर्ण भएको निस्कर्ष निकालेको छ ।

नेपाल खनाल समुहको सोमबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीले इमान्दारिताका साथ एकताको प्रस्ताव नगरेको हो । ओलीले पार्टीको एकता जोगाउन भन्दै आइबार राति पार्टीलाई २०७५ जेठ ३ अगाडि फर्काउने तर त्यसका लागि सर्वोच्च अदालतमा दायर रिट फिर्ता गर्नुपर्ने सर्त राखेका थिए ।
ओलीको प्रस्तावबारे नेपाल खनाल समुहले लिखित धारणा नै सार्वजनिक गरेर जवाफ दिनेभएको छ । ओलीले पार्टी एकता भन्दा पनि आम कार्यकर्ता र जनतालाई झुक्याउने गरी शब्द जाल बुनेको यो समुहको ठहर छ । पार्टीलाई २०७५ जेठ ३ पूर्वकै अवस्थामा मुलभूत रुपमा फर्कन तयार रहेको बताउर्नु र सर्वोच्चमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त तेयाउनु दुवै कपटपूर्ण भएको नेपाल खनाल समुहको बुझाइ रहेको छ ।
त्यसैले ओलीको प्रस्तावलाई बुँदागत रुपमा नै जवाफ दिएर त्यसलाई शीघ्र सार्वजनिक गर्ने निर्णय भएको हो ।

 

 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ३ : ४९ बजे

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक